Home / समाचार / दाङ महिला जेसिजको सप्ताह सुरु

दाङ महिला जेसिजको सप्ताह सुरु

घोराही, ९ वैशाख

नयाँ वर्षलाई नयाँ कानुन निर्माण र कानुन कार्यान्वयनको वर्ष बनाउन आवश्यक रहेको सांसद अनिता देबकोटाले बताउनु भएको छ।
। दाङ महिला जेसिजको सप्ताहब्यापी कार्यक्रमको उद्धघाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतीथीका रुपमा बोल्दै सांसद देबकोटाले उक्त कुरामा जोड दिनुभएको हो ।

सासंद देवकोटाले अनेकतामा एकताका साथै देशमा समृद्धि र नयाँ नेपाल निर्माणको जगलाई बलियो बनाउनका लागी पनि सबै एकत्रित र संगठित हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद देबकोटाले हरेक ब्यक्तिले आफना बिगतका गल्ती कमि,कमजोरीलाई भुुलेर अब आजका कुराहरुबाट नयाँ कामको शुरुवात गर्न आवश्यक रहेको वताउनु भयो । देवकोटाले ै महिला हिंसा न्युनिकरणका लागी कानुन कार्यन्वयनका साथै समुदायमा जनचेताना आवश्यक रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल प्राज्ञिक बिद्यार्थी परिषदका शरद शर्माले अबको समय आफुपनि अध्ययन गर र आफना सन्ततीलाई पनि अध्ययन गराउ भन्ने रहेको हुदा हरेक अभिभाबक तथा युवावर्ग यस विषयमा सचेत रहनु पर्ने वताउनु भयो।

संगीता गिरीको स्वागत मन्तब्यवाबट शुरु भएको कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष गोमा रावतले दाङ महिला जेसिजले महिला तथा युवाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकासमा सहयोग पुर्याउदै आईरहेको बताउनुभयो। यसैगरी कार्यक्रममा बोल्दै लागु औषध दुब्र्यसन बिरुद्धका अभियन्ता बसन्त पुनले लागुऔषधका विषयमा ऐनमा भएका कुराहरुलाई पाठ्यक्रममा लागु गराउनका स्थानिय सरकारले बिशेष पहल गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा दाङ महिला जेसिजका पुर्व अध्यक्ष माया पोख्रेल,ब्रह्माकुमारीज ईश्वरीय बिश्वबिद्यालयका माधब तिमिल्सीना,त्रिभुवननगर जेसिजका पुर्वअध्यक्ष मनोज बुढाथोकी,त्रिभुवन नगर जेसिजका कार्यबाहक अध्यक्ष माधब पौड्ेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रममा आस्थापाठ संगीता गौत्मले गराउनुभएको थियो।

यसैगरी कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष शारदा घर्तिले धन्यबाद ज्ञापन गर्नुभएको थियो भने वर्ष २०१८का मुलसंयोजक तथा कार्यकारीणी उपाध्यक्ष बिष्णु थापाले सप्ताहब्यापी कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिब ममता बिष्टले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*