Home / समाचार / कांग्रेस दाङ क्षेत्र नम्बर ३ विस्तार(को–को भए मनोनित)

कांग्रेस दाङ क्षेत्र नम्बर ३ विस्तार(को–को भए मनोनित)

दाङ, ९ वैशाख
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ विस्तार गरिएको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षता एवं प्रतिनीधी सभा सदस्य अनिता देवेकोटाको प्रमुख आतिथ्यमा बसेको बैठकले क्षेत्रीय समिति विस्तार गरेको छ । कांग्ेस विधान अनुसार क्षेत्र नम्बर ३ को सदस्यहरुमा घना डिसी, भिमा शाह, लीला नेपाली, पूर्णबहादुर राना, केशव केसी रहनुभएको छ ।

यस्तै वैठकले जेठको दोस्रो हप्तादेखी आफ्नो क्षेत्रका हरेक वडामासंगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै कांग्रेसका क्षेत्रीय प्रतिनीधी अब्दुल सलाम सारुफी (कल्लु)को निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकको सहजिकरण क्षेत्रीय सचिव बद्रिकुमार खड्काले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*