Home / Feature Breaking news / स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथी राजनिती गरेर दंगालीमाथी घात गर्ने अधिकार कसैलाई छैनः प्रतिनिधी सभा सदस्य अनिता देवकोटा

स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथी राजनिती गरेर दंगालीमाथी घात गर्ने अधिकार कसैलाई छैनः प्रतिनिधी सभा सदस्य अनिता देवकोटा

घोराही, ९ वैशाख
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद तत्काल समाधान गरेर अगाडी बढ्न कांग्रेस दाङ क्षेत्र नम्बर २ र ३ ले माग गरेका छन् । कांग्रेस दाङ क्षेत्र नम्बर २ र ३ को आज आईतवार घोराहीमा छुट्टाछुट्टै बसेको बैठकले अस्पताल र प्रतिक्ष्ठानबिचको विवादलाई तत्काल समाधान गरि अगाडी बढ्न माग गरेका हुन् ।

राजनितिक स्वार्थकालागि स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सत्तारुढ दल र दलका व्यक्तीहरुले अन्योलमा पार्ने प्रयास गरेको भन्दै कांग्रेस क्षेत्रीय समितिहरुले बैठकबाट निर्णय समेत गरेका छन् । साथै उनीहरुले स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा राजनिती नगर्न सत्तारुढ दलहरुलाई अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस साविक क्षेत्र नम्बर ३ को बैठकमा बोल्दै प्रतिनिधीसभा सदस्य अनिता देवकोटाले दंगाली एवं राप्तीबासीमाथी घात गर्ने अधिकार कुनै दल र व्यक्तीलाई नभएको बताउनुभयो । यस विषयमा अनेक चलखेल नगर्न एमाले र माओवादी पार्टिलाई चेतावनी दिनुभयो । स्वास्थ्य क्षेत्र सबैको आवश्यक र संवेदनशील क्षेत्र भएकाले जनताको अधिकारमाथी खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहज रुपमा सञ्चालन गरेर दाङलाई स्वास्थ्य क्षेत्रमा पाँच नम्बर प्रदेशको केन्द्रको रुपमा विकास गर्न सकिने देवकोटाको भनाई छ । उहाँले यस विषयमा आफूले संसदमा जोडदारका साथ कुरा राखेको भन्दै चाडै यसले निकास पाउने विश्वाव व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*