Home / Feature Breaking news / विविध कार्यक्रम गरि सकियो जेसिज सप्ताह

विविध कार्यक्रम गरि सकियो जेसिज सप्ताह

दाङ, ८ वैशाख
त्रिभुवननगर जेसिजको सप्ताहव्वयापी कार्यक्रम शनिवार सम्पन्न भएको छ । जेसिज सप्ताहको शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १ मा रहेको पर्यटकीय स्थल भोटे दहमा एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।

जेसिजका कार्यवाहक अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष राममणी पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्ति, सिस्नुपानी नजेपालका अध्यक्ष लोकराज पराजुली, पूर्वअध्यक्ष मनोज बुढाथोकी, दाङ महिला जेसिजका अध्यक्ष डोमा पाण्डेले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम संयोजक योगेश पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमा सप्ताहको बारेमा सप्ताहका मूल संयोजक मिनराज भाटले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिव बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो ।

त्रिभुवननगर जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत प्रभातफेरि, रक्तदान, लागुऔषध विरुद्ध सचेतनामूलक सडक नाटक पर्दशन, पत्रकार महासंघ र जेसिजबिच मैत्रीपूर्ण फूलबट प्रतियोगिता लगायत सामाजिक कार्यहरु गरेको थियो । जेसिजले सप्ताहव्यापी कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*