Home / Feature Breaking news / अपुरो मुआव्जाले रोकियो लमही—कोइलाबास सडक निर्माण
uN5L–/;'jfu9L ;8s lgdf{0f /fli6«o uf}/jsf] cfof]hgfcGtu{t wflbªsf] uN5L–lqz'nL–d}n'ª–:ofk|m'a];L /;'jfu9L ;8s cfof]hgfsf] lgdf{0f sfo{ g'jfsf]6sf] a'wl;+x3f6df ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

अपुरो मुआव्जाले रोकियो लमही—कोइलाबास सडक निर्माण

चुमा आचार्य
लमही, ५ बैसाख । लमही—कोइलाबास सडक चौडा गरी कालोपत्रे गर्ने क्रममा करीव तीन बर्ष अघि सरकारले अधिग्रहण गरेका सडक क्षेत्रका जग्गाको मुआव्जा दिन नसक्दा सडक आसपासका स्थानियबासी आक्रोसित भएका छन् । सडक स्तरोन्नतीका नाममा सडकले छोएका सवै कित्ताका जग्गा किनबेच र बैंकिङ कारोवार समेत गर्न नपाएपछि सरोकारवालाहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

 

सरकारले भने मुआव्जा दिने पैसा नभएकाले सडकका नाममा जग्गाको कित्ताकाट गर्न समेत रोकिएको बताएको छ । नेपाल सरकारको ढुकुटि रित्तिएको भन्दै पैसा व्लक भएको प्रशासनले जनाएको छ । नेपाल सरकारको ढुकुटी रिक्तीदा विकाशे निर्माणका काम समेत अन्यौलनमा परेका छन । यो कारणले स्थानियबासीहरुले नत जग्गा फुकुवाको अधिकार पाएका छन्, नत मुआव्जा नै । तर यसमा सरकारले कुनै गम्भीरता देखाएको छैन ।

 

यो समस्या विशेष गरी लमहीदेखि गढवा सडक खण्डमा अत्यधिक रहेको छ । त्यमा करोडौं रुपैया नेपाल सरकारले सडक आसपासका जग्गा धनीहरुलाइ मुआव्जा दिनुपर्ने देखिएको छ । स्थानियका अनुसार सडक छोएको जग्गाको कित्ताकाट र अंशवण्डा समेत विगत तीन बर्षदेखि रोकिएको छ । न त सडकको क्षेत्र भन्दा वाहिरको जग्गा बैंकमा राखेर व्यापार व्यावसाय गर्न पाएका छन् उनीहरुले ।
विविध कारण स्तरवृद्धी सहित निर्माण हुन नसकेको लमही कोइलावास हुलाकी सडकको गत वर्ष दोस्रो पटक टेण्डर स्कृत भइ निर्माण कार्य सन्चालन भएको छ । ठेक्का प्राप्त कम्पनीले धमाधम रुपमा विना विवाद स्थानहरु जंगल क्षेत्रहरुमा सडक निर्माण गरे पनि वजार तथा आवसिय क्षेत्रमा काम गर्न सकेको छैन । जसको कारण सरकार लाचार वनेको छ । सरकारले सडक प्रभावितलाइ समयमै मुआव्दजा दिन नसक्दा सडक निर्माण अन्यौलनमा परेको हो । कोइलाबास देखि जमुनिवास सम्म भने सडक चौडा गर्ने काम धमाधम सुरु भैरहेको निर्माण कम्पनीले जनाएको छ ।

 

हुलाकी सडक नाम दिइएको सो सडक भारत सरकारको अनुदानमा कालोपत्रे गर्ने र नेपाल सरकारले सो सडक खण्डमा पर्ने खोलाहरुमा पक्कि पुल निर्माण गर्ने सहमती भएको थियो । नेपाल सरकारका तर्फबाट सवै खोलामा पक्कि पुल निर्माण सम्पन्न भैसकेका छन् ।
यो सडक निर्माण सम्पन्न भए राप्तीको सवैभन्दा छोंटो भारतीय नाका कोइलाबास बन्छ । पहिले पनि कोइलाबास भन्सार नेपालकै दोस्रो ठुलो भन्सार नाकाका रुपमा मानिन्थ्यो ।

 

पुर्वपश्चिम राजमार्ग सन्चालनमा आएपछि सो नाका सुक्दै अहिले सुन्य अवस्थामा रहेको छ ।लमही कोइलावास हुलाकी सडकको काम थालनी भए पनि अुआव्जा वितरण गर्नका लागि राज्यकोषवाट रकम नआउदा सडक निर्माणमा अन्यौलता देखिन थालेको हो । तिव्र रुपमा काम थालनी भए पनि वजार क्षेत्रमा काम गर्न अप्ठारो भएको निर्माण कम्पनीका इन्जिनियर राजेन्द्र श्रेष्ठले वताए ।
उनी भन्छन्, गढवा र लमही वजार वाहेक अन्य स्थानहरुमा सडकको निर्माण कार्य सकिन थालेको छ । तर वजारमा एकातिर मुआव्जा वितरण भएको छैन , अर्को सडकको दुवै तर्फ विद्युतका पोल , खानेपानीका पाइप लगायत केही घर समेत पर्ने हुदा लमही नगरपालिका र गढवा गाँउपालिकामा सडकको अवरुद्ध हटाइदिन आग्रह गरेका पनि उनले भने । तर पनि ती निकायहरुले यसको स्पष्ट जवाफ दिएका छैनन्, जसले गर्दा आवादी क्षेत्रको सडक स्तरोन्नतीको काम रोकिएको हो ।
यता सडकको स्तरवृद्धीसंगै सडक प्रभावितहरुका लागि मआअब्जा वितरण गर्न नेपाल सरकारले जिल्ला प्रशासनमा रकम नपठाउदा मुआव्जा वितरण गर्न ढिलो भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । सो सडक अन्र्तगत लमही देखि कोइलावास गरि झण्डै २ सय भन्दा वढी व्याक्तीहरुका घर जग्गाहरु पर्दछन ।
लमही नगरपालिकाका प्रवक्ता विम वहादुर केसीका अनुसार सडक प्रभावितहरु सवैका लागि रु ९८ करोड बराबरको मुआव्जा वितरण गरिनु पर्ने हुन्छ । तर नेपाल सरकारले ढुकुटीमा रकम नभएको भन्दै हाल सम्म जम्मा रु २ करोड रकम पठाएकोले मुआव्जा वितरणमा समस्या भएको पनि प्रवक्ता केसीले वताए । वजार क्षेत्रमा लमही नगर विकाश समितिको मापदण्ड अनुसार हाल १२ मिटर कायम भएको सडकको स्तरवृद्धीसंगै ३० मिटर कायम गरिने गरि सर्वे भए पनि वजारमा हाललाइ भने १२ मिटर कायम गरिने भनिए लगतै स्तरवृद्धीको खासै अर्थ नराख्ने पनि लमही नगरपालिकाका प्रवक्ता केसीले वताए ।

 

उनका अनुसार हाललाइ वजार क्षेत्र भित्र १२ मिटर कायम गरिदै ७ मिटर कालोपत्रे र आवश्यक स्थानमा मात्र नाली बनाउने गरि सडक निर्माण हुन लागेको वताए । यो अवस्थाले फेरी सडकले सवारीको चाप थेग्नै मस्कील हुने स्थानियबासीहरु बताउंछन् । ‘यो अन्तन्तै हचुवाको निर्णय हो, यो निर्णयले दिर्घकालिन रुपमा समस्या समाधान गर्न सक्दैन’—एक जना स्थानियबासीले  भने ।
लमही देखि कोइलवास गरि ३३ किलोमिटर लम्बाई रहेको दाङको सवै भन्दा नजिक सिमा जोडिएको सो सडकलाइ राप्तीको मुख्य द्धारको रुपमा हेरिने गरिन्छ ।
यसैबीच लमही खानेपानी संस्थाले सकडमा पर्ने खानेपानीका पाइप सम्वन्धीत निकायले व्यवस्थापन गर्न आग्रह गरेको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष काँसीराम डाँगीले लमही नगरपालिकामा पत्रचार गर्दै लमही कोइलवास सडक अन्र्तगत पर्ने खानेपानीका पाइप व्यवस्थापन गर्न सम्वन्धीत निकायमा पहल गरिदिन आग्रह गरेका छन ।
पटक पटक लमही नगरपालिकाको गुरु योजना अन्र्गगत सडक चौडाइसंगै खानेपानी संस्थाका समरचना ध्वस्त पार्दै जान थालेको वताउदै सयममै खानेपानीका समरचना व्यवस्थापन गरिदिन आग्रह गरेको सचिव ठाकुर भण्डारीले वताए ।
साना शहरी खानोपनी आयोजना भर्खर समपन्न भएको र आयोजना सम्पनसंगै ऋणमा डुवेको खानेपानी संस्थाले सो क्षेत्रमा पर्ने समरचना सार्न नसक्ने भन्दै सयममै व्यवस्थापन गरि दिन आग्रह गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*