Home / Feature Breaking news / दाङको विकासका लागि साझा एजेण्डा बनाउन सुझाव

दाङको विकासका लागि साझा एजेण्डा बनाउन सुझाव

दाङ,४ वैशाख । दाङको विकासकालागि प्रमुख दलहरुले साझा एजेण्डा बनाएर विकासमा एकजुट हुनपर्ने सुझाव दिएका छन । त्यसका लागि वृह्तर दाङ विकास योजना निर्माण गर्नुपर्ने उनीहरुले बताएका थिए ।
जिल्ला समन्वय समिति दाङले मंगलवार घोराहीमा आयोजना गरेको जिल्लाको समृद्धिकालागि दूरदर्शीय योजना बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले दाङ जिल्ला हरेक विकास निर्माणकालागि सम्भावना युक्त क्षेत्र रहेको भन्दै जिल्लाको दिर्घकालिन विकासका लागि गुरुयोजना निर्माण गरेर अघि बढ्न सुझाव दिएका थिए ।
दाङ विकासका लागि हरेक दृष्टिले अत्यन्त सम्भावना बोकेको क्षेत्र भएको भन्दै सभामुख महराले सम्भावनालाइृ पहिचान गरेर जनताको प्राथमिकताका आधारमा अघि बढाउनुपर्ने बताए ।

30180214_1782727455119380_1483743352_n
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महराले जिल्लाकै गौरवकारुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विवादमा ल्याउन नहनुे बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सवैको सहयोगमा जतिसक्यो चाडै सञ्चालनमा ल्याउन सवैको सहयोग आवश्यकता रहेको छ । केन्द्रमा आफुले स्वास्थ्यकालागि पहल गर्ने भन्दै उनले जिल्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई अघि बढाउन सवै राजनीतिक दलहरु एक ठाउनमा आउन समेत सवै दलहरुलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले समृद्ध दाङ निर्माणका लागि सडक,कृषि,स्वास्थ्य,शिक्षालगायतका योजनाहरुलाई अघि बढाउनुपर्ने बताए । ‘ जिल्लाको समृद्धिका लागि कुन स्थानमा कुन विषयलाई प्राथमिकता दिनुपर्छ भनेर बृह्त योजना निर्माण गर्न आवश्यक छ’,मुख्यमन्त्री पोख्रेलले भने,‘आवश्यकता पहिचानपछि प्राथमिकताका आधारमा तीन तहकै सरकारले ध्यानदिन्छ ।’
विकास निर्माणको ढिलाईमा राजनीतिक दलहरु बोल्न नसक्दा विकासमा ढिलाईसँगै गुणस्तरहिन काम हुने गरेको उनको भनाई थियो । ‘दाङमा पानीको समस्या दिनानुदिन बढ्दै गएको छ,यसमा स्थानीय तहहरको ध्यान जान आवश्यक छ’,मुख्यमन्त्री पोख्रेलले भने,‘ त्यसका लागि दाङ उपत्यकाका उत्तरवाट दक्षिण बग्ने खोलामा हाइड्या निर्माणदेखि बृक्षारोपनमा स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।’

 

जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समृद्धिका साझा योजनाहरु निर्माण गर्न सझाव दिए । जनताहरुको आवश्यकताहरुको आधारमा प्रमुख राजनीतिक दलहरुकै साझा स्वामित्व हुने गरि केही योजनाहरु निर्माण बनाउन पर्ने र विकास निर्माणलाई अघि बढाउनुपर्ने बताए ।

त्यस्तै बक्ताहरुले दाङवाट दुई जिल्ला जोड्ने सडक,घोराही तुलसीपुर सडक घोराही,हापुर आखाँअस्पतालहुदै हापुरे जोडन्े सडकको स्तरउन्नती गरि रिङ रोडका रुपमा विकास गर्न सुझाव दिएका थिए ।कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य रेखा शर्मा, नेपाली काग्रेस दाङका जिल्ला सभापति किर्तीबहादुर खड्का,नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का,नेकपा माओवादी दाङका इन्चार्ज जीवन गौतम, प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी,बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली, बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल,दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले जिल्लाको समृद्धिका लागि कृषि उत्पादनलाइृ बढाउदै प्राकृतिक श्रोतसाधानको संरक्षणसगै उपयोग गर्न पाउनुपर्ने बताए ।
जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष श्रीधर पौडेलको स्वागत मन्तव्यवाट सुरभएको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमले गरेका थिए । उक्त कार्यक्रममा प्राध्यापक धरणीकुमार शर्मा र नेपाल सरकारका पूर्व उपसचिव रमेश अधिकारीले दाङको समृद्धिकालागि दूरदर्शी योजना विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*