Home / समाचार / ब्रह्माकुमारी विश्वविद्यालयमा सुभकामना अदानप्रदान

ब्रह्माकुमारी विश्वविद्यालयमा सुभकामना अदानप्रदान

पार्वती बस्नेत
दाङ,२ बैशाख । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय घोराही दाङको आयोजनामा नयाँवर्ष २०७५सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ ।
ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय एवं क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र राप्ती क्षेत्रका निर्देशक प्रमुख सञ्चालिका वालब्रह्माचारिणी राजयोगिनी ब्रह्माकुमारी गिता दिदीको अध्यक्षता तथा नेपाल संस्कृत विश्व विद्यालय दाङका उपकुलपति प्रा.डां कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य एंव पूर्व सांसद राजु खनाल र दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिश हेमन्त रावलको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नयाँ बर्षलाई सुख,शान्ति र समृद्धिको बर्षका रुपमा मनाउनुपर्ने बताएका थिए ।
त्यस अवसरमा बोल्दै प्रमुख अतिथि नेपाल संस्कृत विश्व विद्यालय दाङका उपकुलपति प्रा.डां कुलप्रसाद कोइरालाले योग स्वास्थ्य शिक्षाका साथै गौरव गाथा भएको बताएका थिए । विज्ञानका नाममा पछिल्लो समय विकृति बढ्दै गएको भन्दै उपकुलपति कोइरालाले समाजलाई अनुशासित एव नैतिकवान बनाउन राजयोग ध्यान महत्वपुर्ण उपयोगी भएको बताए । साथै उनले राजयोग ध्यानसम्म सम्पुर्ण मानिसहरुलाई पु¥याउन आवश्यक रहेको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा पूर्व सांसद राजु खनालले समाजलाई सत्मार्गतर्फ निर्देशन गर्नका लागी सकारात्मक सोचको बिकास हुन आवश्यक रहेको बताएका थिए । दाङ देउखुरी जिल्ला अदालतका मुख्य न्यायाधिस हेमन्त रावलले बिगतका कमीकमजोरीलाई सुधार गर्दै समयको प्रवाहसँगै आफुलाई सत्मार्गमा चलाउन आवश्यक रहेको बताए । ध्यानले मानिसहरुलाई शान्ति प्रदानसँगै मनलाई शान्त बनाउन महत्वपुर्ण सहयोग पु¥याउने बताएका थिए ।

aa
ब्रह्मकुमारी उर्मिला दिदिको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेपाली कांगेस दाङका जिल्ला कोषाध्यक्ष सावित्रा राना, पतन्जली योग समिति दाङ जिल्ला अध्यक्ष घनश्याम अधिकारी, नेपाल उद्योग बाणिज्य संघ ५ नं प्रदेशका उपाध्यक्ष हेमराज वन्जाडे,ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राप्ती क्षेत्रका सचिव एवं वरिष्ट राजयोग प्रशिक्षक शिवलाल महतारा, नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष आर.के.सितल,सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष डा.लोकराज पराजुली, अखिल महिला संघ जिल्ला अध्यक्ष हुमा डि.सी.लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा दिपक भाईले नयाँवर्षको सम्बधी गित गाएका थिए । कार्यक्रमको सहजीकरण ब्रह्मकुमार माधव तिमिल्सीनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*