Home / Feature Breaking news / विद्यार्थी खोज्न कर्मचारी

विद्यार्थी खोज्न कर्मचारी

दाङ, २९चैत ।  नयाँ शैक्षिक सत्रमा विद्यार्थी खोज्न स्थानीयतहका कर्मचारीले स्वयमसेवक बनेर काम गर्नु पर्ने भएको छ । विद्यार्थी भर्ना गराउनु सवैको दायित्व भएकोले स्थानीयतहका प्रमख प्रशासकिय अधिकृत र कर्मचारीले एक दिन विद्यार्थी खोज्ने अभियानमा स्वसमेवक भएर काम गर्नु पर्ने भएको हो ।

 

सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीयतहलाई पत्रचार गरेर वैशाख महिनाको एक दिन आफनो स्थानीयतहमा विद्यार्थी भर्ना गराउन प्रमुख प्रशासकिय अधिकृत र कर्मचारीले स्वंयमसेवक भएर विद्यार्थी खोज्ने अभियानमा खटिन निर्देशन गरेको छ । बैशाख २ गतेदेखि शुरु हुने विद्यार्थी भर्ना अभियानको नारा ‘हामी सवैको इच्छा, अनिवार्य निशुल्क आधारभुत शिक्षा’ भन्ने छ । विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन कर्मचारीसँग  प्रत्येक शिक्षक, माथिल्नो कक्षाका विद्यार्थी र स्थानीयतहका पदाधिकारीहरु पनि परिचालन गरिने भएको छ ।

 

प्रत्येकले कम्तिमा एकजना विद्यार्थी विद्यालयमा भर्ना गराउनु पर्ने छ । विगतमा पनि सम्बन्धित शिक्षा कार्यालयले स्कुलमा  विद्यार्थी भर्ना गराउनको लागि माथिल्नो कक्षाका विद्यार्थी परिचालन गरेको थियो । माथिल्नो कक्षाका विद्यार्थी परिचालन गर्दा भर्ना अभियान समेत प्रभावकारी भएको थियो । ‘यो पटक पनि मन्त्रालयले अनिवार्य रुपमा माथिल्नो कक्षाका विद्यार्थी र स्थानीयतहका पदाधिकारीलाई परिचालन गर्ने भएको छ’ मन्त्रालयका उपसचिप प्रल्हाद कुमार कार्कीले भने ‘ सवै क्षेत्रको सहयोग भएमा भर्ना अभियान प्रभावरी हुन्छ ।’

 

त्यसैगरेर भर्ना अभियानलाई सफल बनाउन चैत र वैशाख महिनाभित्र अन्तरक्रिया, घरदैलो कार्यक्रम गर्ने छ । भर्ना अभियान कार्यक्रमलाई वडा, टोलसम्म लैजान मन्त्रालयले निर्देशन गरेको छ । अभियानलाई टोलसम्म पुराउन पर्ने छ । त्यो भएमा विद्यार्थी भर्ना अभियानको औचित्य पुष्टि हुन्छ’ मन्त्रालयको पत्रमा उल्लेख छ । त्यसैगरेर मन्त्रालयले विद्यालय जान सक्ने वातावरण निर्माण गर्न समेत सवै स्थानीयतहलाई निर्देशन गरेको छ ।

 

विद्यालयमा विद्यार्थी भर्ना भएपनि विचमा स्कुल छोडने विद्यार्थीको संख्या पनि त्यतिकै छ ।  विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न समस्या भएको भन्दै विगतदेखि नै सरकारले विद्यालयमा खाजा कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । तर त्यो कार्यक्रम पनि सवै विद्यालयमा पुग्न सकेको छैन । दाङ जिल्लामा पनि धेरै विद्यालयमा खाजा कार्यक्रम छैन । जिल्लाभित्रका सुगम विद्यालयमा खाजा कार्यक्रम भएपनि जिल्लाकै दुर्गम विद्यालयमा खाजा कार्यक्रम पुग्न सकेको छैन ।

 

मन्त्रालयले विद्यालयमा खाजा कार्यक्रम, सुदपिउने पानी, अतिरिक्त क्रियाकलाप र शौचालयलाई पनि ध्यान दिन भनेको छ । शौचालय, पिउने पानी लगायतको पुर्वाधारको अभावको कारण पनि विद्यार्थीले विद्यालय छोडने गरेका छन् ।  अझैपनि छात्राको लागि छुटै शौचालयको अभाव छ । शौचालयको अभावको कारण महिनावरी भएको समयमा छात्राहरु विद्यालय छोडने दर पनि त्यतिकै छ । अझ यो सख्या पहाडी क्षेत्रका विद्यालयमा धेरै छ ।

 

त्यसैगरेर विद्यालय जान नसकेका वा नआएका विद्यार्थीलाई स्कुलमा ल्याउने वातावरण निर्माण गर्न समेत स्थानीयतहलाई निर्देशन गरेको छ । मन्त्रालयले भर्ना अभियानलाई जिल्लाभर प्रभावकारी रुपमा सञ्चालनमा समन्वय र सहयोग पुराउन जिल्ला समन्वय समितिलाई समेत निर्देशन गरेको छ । विद्यार्थीमा भर्ना हुन आउने विद्यार्थीको लागि आवश्यक पाठ्यपुस्तकको व्यवस्थापन  स्थानीयतहरु गरेका छन्।

 

विगतमा शिक्षा कार्यालयमार्फत सामुदायिक विद्यालयमा अध्ययनरत्त विद्यार्थीको लागि पाठयपुस्तकको व्यवस्था गरेपनि नयाँ संरचना अनुसार नै अव त्यो अधिकार स्थानीयतहमा गएको छ ।  संविधानले नै माध्यामिकतहसम्मको शिक्षाको सवै जिम्मेवारी स्थानीयतहलाई दिएपछि नयाँ शैक्षिकसत्रको लागि भर्ना भएका विद्यार्थीलाई आवश्यक पर्ने पाठयपुस्तकको व्यवस्थापनमा जुटेको स्थानीयतहले जनाएका छन् । विद्यालयमा विद्यार्थी भर्ना भएकै दिन हातमा पाठ्यपुस्तक पु¥याउने गरि पाठ्यपुस्तकको व्यवस्थापनमा जुटेको स्थानीयतहले जनाएका छन् ।

 

पाठयपुस्तक खरिदका लागि स्थानीय तहलाई प्राप्त भएको रकम विद्यालयमा पठाउने काम भएको छ । जिल्लामा  दश वटा स्थानीय तहहरु छन् ।  कक्षा १देखि १० कक्षासम्मको शिक्षाका लागि पाठ्यपुस्तकको अभाव हुन नदिनकालागि नयाँ शैक्षिक सत्रका लागि शिक्षा विभागले स्थानीय तहमा पठाएको रकम स्थानीय तहले आफनो क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरु पठाउने काम गरेका छन् । विभागको परिपत्र अनुसार स्थानीय तहले कुल रकमको ७५ प्रतिशत रकम सम्वन्धीत विद्यालयलाई दिएको जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*