Home / Feature Breaking news / ‘स्वर्गीय नेता खड्काको बिचारलाई पार्टीले अंगाल्ने छ’ सभापति देउवा

‘स्वर्गीय नेता खड्काको बिचारलाई पार्टीले अंगाल्ने छ’ सभापति देउवा

दाङ, २८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठुलो क्षती पुगेको बताएका छन् । नेपाली काँग्रेस दाङले वुधवार स्वर्गीय खड्काको निवास सतवरीयामा १३ औं पुन्य तिथिका अवसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा सम्वोधन गर्दै सभापति देउवाले खड्काले निधनले मुलुकले प्रजातान्त्रिक आन्दोलनलाई सफल बनाउनमा ज्यानको प्रभावह नगरि खड्ने योद्धा घुमाएको बताए ।

30624550_10209928231316242_3935259173364822294_n (1)

 

स्वर्गीय खड्काको निधनले पार्टीले एक कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक अनुभवी नेता गुमाएको समेत बताए । ‘‘ स्वर्गीय खड्काको निधनले काँग्रेस पार्टीलाई मात्र होइन मुलुकलाई नै अतुलनीय क्षती पुगेको छ,उहाँ एक मुलुकको अनुभवी नेता हुनुहुन्थ्यो’,देउवाले भने,‘सभापति देउवाले भने,‘ खड्काको विचारलाई पुरा गर्न अव सवै एक भएर उहाँले देखाएको बाटोमा हिडनुपर्ने पर्छ।’ श्रद्धाञ्जली सभामा काँग्रेसका महामन्त्री डा. शंसाक कोइरालाले वीपीका चेला स्वर्गीय खड्काका विचारहरुलाई आत्मसाथ गरेर काँग्रेस अगाडि बढने बताए ।

30624550_10209928231316242_3935259173364822294_n

 

कोइरालाले खड्काको निधनले पार्टीलाई अपूर्णीय क्षती पुगेको भन्दै उहाँ एक विश्वासीलो र कुशल संगठक भएको बताए । ‘‘उहाँले हिन्दुराष्ट्रका कुराहरु उठाउदै आउनुभएको थियो, सवै भन्दा बढी हिन्दुभएको देशलाई धर्मनिरपेक्ष गराउनु गलत थियो, योकुरालाई साकार पार्न हामी सवै लाग्नुपर्छ’,महामन्त्री डा. कोइरालाले भने’, धर्मनिरपेक्षताको विषयलाई जनमत संग्रहका माध्यमवाट टुङगो लागउन पार्टीले ध्यानदिनुपर्छ ।’

30688758_2054496397956566_6060839016709800613_n
त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली काग्रेसका केन्द्रीय सदस्य खड्का कुशल संगठन निर्माणकर्तादेखि जनताहरुको लोकप्रिय नेता भएको बताए । ‘स्वर्गीय खड्कालाई पार्टीभित्रवाटै सिध्याउने प्रयास भएपनि खड्कालाई कार्यकर्ताहरुले साथ छोडेनन्’,नेता कोइरालले भने,‘त्यसको मुख्य कारण हो,खड्काको कार्यकर्ताहरु प्रतिको माया हो ।’ स्वर्गीय खड्काको योगदानलाई पार्टीका नेता तथा कार्यकर्ताहरु कहिले भुल्न नसक्ने उनको भनाई थियो ।

30572134_10209928229756203_2161768455885018306_n

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले स्वर्गीय खुमबहादुर खड्काले नेपालको प्रजातान्त्रीक आन्दोलनसँगै पार्टीको संगठन निर्माणमा अमुल्य योगदान रहेपनि पार्टीले मुल्याकन गर्न नसकेको बताए । खड्कालाई भष्ट्राचारको षड्यन्त्रमा फसाउन खोज्दा समेत पार्टीले उनलाई बचाउन ध्यान गुनासो गरेका थिए । स्वर्गीय खड्का कार्यकर्ताहरुका लोकप्रिय नेतासँगै त्याग,समर्पण,निष्टा र आर्दशका नेता खड्कालाइृ जनताहरुले कहिले भुल्न नसक्ने बताएका थिए ।

IMG_20180411_124517

सो अवसरमा स्व खड्काका छोरा अनुराग खड्काले आफना बुबाका सपनाहरु पुरा गर्न आफु राजनितिमा आउने उदघोष गरे । ‘अस्पतालको सैयामा हुदा पनि बुवाले पार्टी र कायकर्ताको बारेमा सोधखोज गर्नु भएको थियो । मैले बुबाको सपनालाई राम्रोसँग अध्ययन गरेको छु’ उनले भने ‘ त्यो सपना पुरा गर्नको लागि अव म राजनीतिमा आउने छु ।’मैले पार्टीका कार्यकर्ताको माग र बुबाको सवैकुराहरु सानै देखि वुझेको छु अव दुई महिना मेरो पढाई सकीने छ अनि दाङमै आएर राजनीति शुरु गर्ने समेत वताए ।

 

काँग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु डा. प्रकाशशरण महत, दिपकगिरी,शंकर भण्डारी,मोहन बस्नेत,देवेन्द्रराज कडेल, पार्वती डिसी चौधरी, किशोर राठोर,डिल्लीबहादुर चौधरी,सासदहरु बिमला नेपाली, प्रदेश सचेतक बलदेव शर्मा पोख्रेल, अर्जुन श्रेष्ठ, सुरेन्द्र हमाल, निर्मला क्षत्री, अमरबहादुर डाँगी, फकुलु उद्धिनखान, याकुप्रसाद खान, सर्वतआरा खातुन, भुवनेश्वर चौधरी, पुर्व सासदहरु राजु खनाल, बुद्धिराम भण्डारी, सुशिला चौधरी,

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिह महर, नेपाल जनमुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष ठाकुर रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष नरेशजग राना, खुमबहादुरका गुरु निमकान्त दाहाल, काँग्रेसका क्षेत्रीयसभापतिहरु भेषराज पाण्डे, गिरिराज सुवेदी, भुपबहादुर डाँगी, जगत खडका र घनश्याम ढकाल नेपाली काँग्रेस दाङका पुर्व सभापति गेहेन्द्र गिरी, घनश्याम रेग्मी, विरकेशरी गौतम, नेपाली काँग्रेस गुल्मीका पुर्व सभापति चन्द्र केसी, त्रिलोकप्रताप सेन, नेकपा ( एमाले ) दाङका अध्यक्ष टिकाराम खड्का, एकीकृत माओवादीका केन्द्रीय सदस्य निर्मल आचार्य र डा कृष्णराज डिसीले खडकाले पार्टीमा पुराएको योगदानको चर्चा गरेका थिए । श्रद्धाञ्जलीसभामा नेता, कार्यकर्ता र सुभेच्छुक गरेर हजारौको सहभागिता थियो । श्रद्धाञ्जलीसभाको सहकिरण पार्टीका सचिव शंकर प्रसाद डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*