Home / Feature Breaking news / पुल निर्माणमा ठेकेदारको चरम लापरवार्ही

पुल निर्माणमा ठेकेदारको चरम लापरवार्ही

अमरराजआचार्य
दाङ, २७ चैत । जिल्लामा रहेका विभिन्न खोला तथा नदिहरुमा डेढ दर्जन बढि पुल निर्माण हुदै छन् । तर निर्धारित समयमा कुनै पनि पुलहरु बन्ने अवस्था छैन । जिल्लाका विभिन्न खोला तथा नदिहरुमा निर्मानाधिन १८ वटा पुलहरु निर्धारित समयमा बन्न सक्ने अवस्थामा छैनन । कति तँ पटक पटक म्याद थप गर्दा समेत निर्माण हुन सकेका छैनन ।

 

नियमनकारी निकायको बेवास्थाका कारण घोराही सहरलाई जोड्ने खोलामा निर्माण हुन थालेका फुलहरु बर्षाैदेखि बन्न सकेका छैनन । जसवाट जनताहरुले ठुलो सास्ती बेहोर्न बाध्य छन । तर नियमन गर्ने निकाय सडक डिभिजन कार्यालय दाङ मौन छ । जनप्रतिनिधि देखेपनि नदेखे झै गर्दै आएका छन ।

 

लमही–घोराही–तुलसीपुर सडकसँगै अन्य विभिन्न स्थानका खोला तथा नदिहरिुमा पुल निर्मणको कार्य भैईरहेको कार्यालयले जनाएको छ तर कहिले निर्माण सम्पन्न हुने हुन थाहा छैन। । निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीहरुले म्याद थपकालागि आग्रह गर्ने र सडक डिभिजन कार्यालयले समय थपको काम गर्दे आएको छ । तर जिल्लामा निर्माण हुने पुलमा अहिले काम भई रहेको सडक डिभिजन कार्यालयका सुचना अधिकृत दुर्गा गौतम बताउछन ।

 

उनका अनुसार यसरी निर्माण हुन थालेका पुलहरु तुलसीपुर — घोराही, घोराही —लमही सडक खण्डसँगै अन्य ग्रामीण स्तर सम्मपुग्ने सडकहरु रहेका कार्यालयले जनाएको छ । खोलामा पुलनिर्माण भएपछि वर्षातको समयमा वाढीको कारणले नागरिकले भोक्नु परेको समस्या समाधान हुने थियो ।

1491623349dangee
खोलामापुलनहुदावाढीले गर्दा नागरीकले अकालमा ज्यान गुमाउन समेत परेको छ । वर्षातको समयमा जिल्लाभित्र तथा वाहिर आवत जावत गर्ने समेत ठप्प नै हुने गरेको छ । लामो समयदेखि यस प्रकारको पिडा भोक्दै आएका जिल्लावासीले पुलनिर्माण भएपछि ठुलो राहात मिल्ने आशामा बसेका छन् । त्यसै गरेर ग्रामीण स्तर सम्मजाने खोलामा पुलनिर्माण भएपछि ग्रामीण क्षेत्र र शहरलाई जोडन समेत सहज हुने छ । ग्रामीण स्तरमा उत्पादन भएका वस्तुले समेत वजारसम्म ल्याउन सहजहुने स्थानियवासीन्दाहरु बताउछन् । खोलामा पुल नहुदा ग्रामीण क्षेत्रमा हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने गरेको छन् ।
सुचनाअधिकृत गौतमकाअनुसार अहिले निर्माण हुन थालेका पुलको लागि करिव १ अर्व३० करोड रकम खर्च हुने छ । अहिले निर्माण सुरु भइ रहेको कटुवा खोला पुल लमही घोराही सडक खण्ड जसको ठेक्का सम्भौता २०७१ भ्दा ११ गते भएको थियो । भने निर्माण सम्पन्न२०७४ साल असोज १० गते सक्नु पर्ने थियो तर हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।

 

यो निर्माणको जिम्मा शंकरमाली निर्माण सेवा प्रालिले जिम्मा पाएको थियो । पत्रेखोला पुल घोराही–तुलसीपुर सडक खण्डमा यो २०७१ भदौ ११ गते सम्झौता भएको थियो भने २०७४ भदौ ९ गते सम्पन्न हुनु पर्ने थियो । तर हाल सम्मनिर्माण सम्पन्नहुन सकेको छैन । यसको निर्माणको जिम्मा पनि शंकरमाली निर्माण सेवाले जिम्मा पाएको थियो ।
सेवार खोलापुल वडहरा यसको सम्भौता२०७२ पुस २८ गते सम्झौता भएको थियो निर्माण सम्पन्न२०७४ असार २३ गते हुनु पर्ने हो तर निर्माण सम्पन्नभएको छैन । यसको जिम्मेवार जानकी÷ जलजला जेभीले पाएको थियो । बवई खोला पुल लमही–घोराही सडक खण्डमा यसको सम्झौता२०७२ माघ १७ गते भएको थियो भने निर्माण सम्पन्न हुने २०७५ साउन १६ गते हुने छ । यसको जिम्मेवारी अनक÷वज्रगुरु जेभीले पाएको छ ।

घोराही–तुलसीपुर गुर्जे खोला पुल घोराही तुलसीपुर सडकमा यसको सम्झौता२०७२ माघ१० गते भएको थियो निर्माण सम्पन्न हुने मिति २०७५ बैशाख १६ गते रहेको छ । यसको निर्माणको जिम्मा वज्रगुरु कन्स्ट्रक्सन ं प्रालिले पाएको छ । सिकरवाह—प्रनाहपुल कालाकाटे—गढवा सडक यसको सम्झौता २०७२ माघ ५ गते भएको थियो । निर्माण सम्पन्न२०७४ फागुन ४ गते सम्मको रहेको थियो । जुननिर्माण सम्पन्न हुन सकेको छैन । यसको निर्माणको जिम्मा एम.आरगुप्र÷भिम ज्योति जेभीले पाएको थियो । ववइ खोला पुल ढिकपुर यसको सम्झौता माघ १७ गते भएको थियो भने यसको निर्माण सम्मपन्न २०७५ साउन १६ गते हुने छ । यसको निर्माणको जिम्मा शर्मा÷विकोइ जेभीले पाएको छ ।
यसैगरी हापुर खोला पुल घोराही आँखा अस्पताल सडक यसको सम्झौता२०७२पुस २३ गते भएको थियो । २०७४ पुस २२ गते निर्माण सम्पन्न हुने समय रहेको थियो जुन हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । यसको निर्माणको जिम्मा र सुवा कन्स्ट्रक्सन कम्पनीले प्रालिले पाएको थियो । करुङगा खोला पुल फोहोरा वशन्तापुर सडक खण्ड यसको सम्झौता२०७२ माघ ८ गते भएको थियो । भने निर्माण सम्पन्न२०७५ बैशाख ७ गतेसम्मको लागि सयम रहेको छ । सयको निर्माणको जिम्मेवारी रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ । सक्रामखोला पुल घोराही–तुलसीपुर सडक खण्ड यसको सम्झौता २०७२ माघ ५ गते भएको थियो । निर्माण सम्पन्न हुने सयम २०७५ बैशाख४ गते सम्मकालागि रहेको छ ।

 

यसको निर्माणको जिम्मेवारी रोताहा कन्स्ट्रसन प्रालिले पाएको छ । कालाखोला–सिसहनीया पुल यसको सम्झौता२०७३ असार ३१ गते भएको थियो । यसको निर्माण सम्पन्नकालागि २०७४ माघ २९ गतेसम्मका लागि समय रहे पनि सम्पन्न हुन सकेको छैन । यसको निर्माणको जिम्मा पनि वज्रगुरु कन्सट्रसन ं प्रालिले पाएको छ । हापुर खोला पुल कोठरी यसको सम्झौता२०७३ असोज ९ गते भएको थियो । भने २०७५ चैत १८ गतेसम्म निर्माण सम्पन्न हुने समय रहेको छ । यसको निर्माणको जिम्मा एस वि ए ÷सुर्य जेभीले पाएको छ ।
यसैगरी हापुर खोला पुल आँखा अस्पताल रोड निघुवार यसको सम्झौता २०७३ असार ३१ गते भएको थियो । यसकालागि २०७५ असार ३० गते सम्मनिर्माणको लागि समय रहेको छ । यसको निर्माणको जिम्मेवारी रसुवा कन्स्क्ट्रसन कम्पनी प्रालिले पाएको छ । मायाखोला पुल हेकुली दाङ सुर्खेत सडक खण्ड यसको सम्झौता२०७३ असार ३१ गते भएको थियो । निर्माणका लागि २०७४ कार्तिक ३० गते समय रहेको थियो तर निर्माण सम्पन्न हुन सकेको छैन ।

 

यसको निर्माणको जिम्मा हरिहरि ÷गजुरमुखीजेभीले पाएको थियो । गहते खोला पुल यसको सम्झौता २०७४जेठ मा सम्भौताभएको थियो । यसकोलागि १८ महिना समय रहेको छ । यसको निर्माणको जिम्मा एम एस शैलुङगी÷यती विल्डर जेभीले पाएको छ । दुईखोला पुल यसको सम्झौता२०७४ जेठ महिनाम ाभएको थियो । यसकालागि२८ महिनाको सयम दिएको छ । यसको निर्माणको जिम्मा एम एस एडिभेन्टर जेभी ज पाएको छ ।

 

ववई खोलाधारापानी सडक खण्ड यसको सम्झौता२०७४ जेठ महिनामाभएको थियो । यसको लागि३० महिनासमय रहेको छ । यसको निर्माणको जिम्मादिवा÷ यतीविल्डर जेभीले पाएको छ । कक्रहवा खोला पुल यसको सम्झौता२०७४ असोजमा भएको थियो । यसको निर्माणका लागि २४ महिनाको समय दिएको छ । भने निर्माणको जिम्मा चन्द्र एण्ड वस्नेतले लिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सुचना अधिकारी गौतमका अनुसार राप्ती लोकमार्गदेखि गोल्टाकुरी सडकमा वक्व कल्भर्ट कालागि जिम्मा पाएको भैरव कन्स्ट्रक्सन कम्पनीले २०७१ असार ३१ गते सम्झौतागरेपनि काम शुरु नगरेकाले ठेक्का तोडिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*