Home / Feature Breaking news / हिन्दु अभियान्तामाथिको आक्रमण विरुद्ध हिन्दु संघसंस्थाद्धारा ध्यानाकर्षण

हिन्दु अभियान्तामाथिको आक्रमण विरुद्ध हिन्दु संघसंस्थाद्धारा ध्यानाकर्षण

दाङ, २७ चैत ।
हिन्दु धर्माचार्य चार्य युवा सन्त निवासाचार्य माथि गरिएको गोली प्रहारको घटनाप्रति सनातन वैदिक धर्मालम्वी संघ संस्था एवम ओमकार परिवार जिल्ला समन्वय समितीले सरकारलाई ध्यानाकषर्ण गराएको छ ।

परिवारले मंगलवार जिल्ला प्रशासन कार्यालय दाङ मार्फत सरकारलाई ध्यानाकषर्ण पत्र पठाएको छ । ध्यानाकषर्ण पत्रमा लामो समय देखि विभिन्न जातजाति धर्म सम्प्रदायका व्यक्ति मिलेर वस्दै आएको पनि अहिले आएर धर्म निरपेक्षताका आडमा सनातन धर्म संस्कृतिलाइ समाप्त पादै सामाजिक विखण्डन ल्याउन खोजिएको उल्लेख गरीएको छ । जसको फलस्वरुप नै यही चैत २५ गते रात्रिमा हिन्दु धर्माचार्य युवा सन्त निवासाचार्य मार्थि लुकेर ज्यान मार्ने उदेश्यले गोली प्रहार गरीएको उल्लेख गरीएको छ ।

त्यसै गरेर सदियौ देखि माताको रुपमा पुजीदै गरीएको गौमाता अर्थात गाईको हत्या गर्ने मासु खान पाउनु पर्दछ भन्ने अभिव्यक्ति कतै मठ मन्दिरको तोड फोड र हिन्दु धर्माचार्यहरुलाई भौतिक कारवाही हुनुपर्दछ भन्ने धम्की आइ रहेको उल्लेख गरीएको छ । घटनाको निष्पक्ष छानविन गरी अपराधीलाइ कारवाहीको माग गरीएको छ । पत्र वुझदै प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादुर श्रेष्ठले नागरीकको सुरक्षा गर्ने राज्य लागि परेको बताए । सवै नागरीकलाइ सुरक्षा दिनु राज्यको दायित्व रहेको बताए । साथै यसमा सबै हयोग आवश्यक रहेको पनि उनको भनाई छ ।

ज्ञापनपत्रमा वैष्ण परिषद् नेपाल दाङ शाखा, वैष्णुव महिला परिषद् दाङ, वैष्णु युवा परिषद् ५ नं प्रदेश, वैष्णव युवा परिषद् दाङ, हिन्दु जागर नेपाल दाङ, मातृ शतिm दाङ, लक्ष्मीनारायण मन्दिर तुलसीपुर रजौरा, लक्ष्मी नारायण सेवाश्रम शान्तिनगर ७ धनौरी, राधाकृष्ण मन्दिर दुधेना, राधाकृष्ण मन्दिर एव रामानुज पीठ लुहाडवरा, त्रिसिद्धीश्वरी मन्दिर तुलसीपुर पतञ्जली योग समितीको हस्ताक्षर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*