Home / Feature Breaking news / पुस्तक व्यवस्थापनमा स्थानीय तह

पुस्तक व्यवस्थापनमा स्थानीय तह

लिलाधर वली
दाङ,२४ चैत । विद्यालयमा विद्यार्थी भर्न भएकै दिन बालबालिकाहरुको हातमा पाठ्यपुस्तक पु¥याउने गरि पाठ्यपुस्तक व्यवस्थापनमा स्थानीय तह लागेका छन । जिल्लामा रहेका दश वटै स्थानीय तहहरुले कक्षा १देखि १० कक्षासम्मको पाठ्यपुस्तक पु¥याउन स्थानीय तह जुटेका हुन ।

 

नयाँ शैक्षिक सत्रका लागि शिक्षा विभागले स्थानीय तहमा रकम पठाएपछि स्थानीय तहले आ–आफनो मतहतमा रहेका विद्यालयहरुलाई रकम पठाएर पुस्तक किन्न थालेका हुन । विभागको परिपत्र अनुसार स्थानीय तहले कुल रकमको ७५ प्रतिशत रकम सम्वन्धीत विद्यालयलाई दिईसकेको समेत बताएका छन ।
‘विद्यार्थी भर्नालाई प्रभावकारी बनाउनेगरि आफनो क्षेत्रमा रहेका सम्पुर्ण विद्यालयहरुलाई रकम प्रदान गरिरहेका छौँ’,घोराही उपमहानगरपालिकाका शिक्षा विभाग प्रमुख नारायण पौडेलले भने,‘रकम प्राप्ग गरेरले अव विद्यालयहरुले पनि पुस्कत खरिदको प्रक्रिया सुरु गरिरकेका होलान ।’ पहिलो र दोश्रो किस्ता गरि ७५ प्रतिशत रकम सम्वन्धी विद्यालयलाई प्रदान गरिएको र उक्त रकम अपुग भए थप २५ प्रतिशत रकम प्रदान गरिने पौडेलले बताए । ‘गत बर्षको तथ्याङकका आधारमा यस बर्ष हामीहरुले विद्यार्थीहरुलाई पुस्तक किन्न पुग्ने गरि रकम प्रदान गरेका छौँ’,पौडेलले भने,‘कतिपय विद्यालयहरुमा उक्त रकम अपुग पनि हुन सक्छ,त्यो अवस्थामा हामीहरुले पुन प्रदान गर्ने छौँ ।’
पौडेलका अनुसार घोराही उपमहानगरपालिकामा कार्यालयले यस शैक्षिक सत्रका लागि ९८ लाख ३२ हजार नौस य ३९ रुपैया प्रदान गरेको छ । घोराही उपमहानगरपालिका १९ वडामा १ देखि १० सम्म कक्षा सञ्चालन हुने ९८ वटा सामुदायिक विद्यालयहरु रहेको घोराही उपमहानगरपालकाले जनाएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि विद्यार्थी भर्नालाई प्रभावकारी बनाउने उद्देश्यले आफनो क्षेत्रका सम्पुर्ण विद्यालयमा रकम प्रदान गरेको बताएको छ ।

 

‘विद्यार्थी भर्नाको समयसम्म सम्पुर्ण विद्यालयमा पाठ्यपुस्तक पु¥याउने हाम्रो लक्ष्य रहेको छ’,तुलसीपुर उपमहानगरपालिकाका शिक्षा विभागका भाष्कर गौतमले भने,‘विद्यार्थीहरुले विद्यालयमा भर्ना भएकै दिन पाठ्पुस्तक पाउने छन ।’ तुलसीपुर उपमहानगरपालिकामा रहेका ८२ वटा विद्यालयहरुमा पाठ्य पुस्तक खरिदका लागि यस शैक्षिक सत्रमा ५१ लख १४ हजार नौ सय ९० रुपैया आएको कुल रकमको ७५ प्रतिशत रकम सम्वन्धीत विद्यालयलाई प्रदान गरिसकेको समेत गौतमले जानकारी दिए ।
सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत पाठ्यपुस्तक पु¥याउने गरि काम भैरहेको गाउपालिकाहरुले बताएका छन । कुनै पनि हालतमा विद्यार्थीहरु पाठ्यपुस्तक अभाव हुन नदिने गरि सम्वन्धीत विद्यालयलाई खवरसँगै रकम प्रदान गरेको स्थानीय तहहरुले बताएका छन । ‘शिक्षा विभागले रकम पठाएसँगै हामीहरुले पनि सम्वन्धी विद्यालयलाई रकम प्रदान गरेका छौँ’,देउखुरी गढवा गाउपालिकाका शिक्षा विकास शाखाका मोहन दाहालले भने,‘समयमै विद्यालयलाई रकम प्रदान गरेकाले पुस्तक प्रयाप्त आए कुनै समस्याय हुने छैन ।’

 

केन्द्रले गरेको परिपत्र अनुसार पहिले ७५ प्र्रतिशत रकम पुस्तक खरिदका लागि आफनो गाउपालिकामा रहेका ३४ वडा विद्यालय प्रदान गरेको उनले बताए । ‘आफनो स्थानिय तहमा रहेका सामुदायिक विद्यालयमा १ देखि १० कक्षासम्म अध्ययरत विद्यार्थीहरुलाई पाठ्यपुस्तक खरिदका लागि ५८ लाख रुपैयाँ आएको थियौ’,गाउँपालिकाका प्रशासकिय अधिकृत दाहालले भने,‘सोही रकमको ७५ प्रतिशत रकम सम्वधीत विद्यालयलाई पठाईसकेका छौँ ।’ उक्त रकम अपुग भएको खण्डमा पुन थप २५ प्रतिशत रकम समेत विद्यालयलाई प्रदान गरिने उनले बताए ।

त्यस्तै राप्ती गाउँपालिकाले पनि पनि आफनो स्थानीय तहमा रहेका विद्यालयहरुलाई रकम प्रदान गरिसकेको बताएको छ । गाउपालिकामा आरपी राजेन्द्र धितालका अनुसार राप्ती गाउपालिकामा रहेका ३० वटा सामुदायीक विद्यालयहरुलाई रकम प्रदान गरिएको बताए । आफनो स्थानीय तहमा आएको २७ लाख ६४ हजार रुपैयाको ७५ प्रतिशत रकम आफनो गाउपालिकाका सम्पुर्ण १ देखि १० कक्षासम्म सञ्चालन हुने विद्यालयहरुलाई प्रदान गरिसकेको धितालले गोरक्षलाई जानकारी दिए ।

 

त्यस्तै शान्तिनगर र दंगीशरण गाउपालिकाले पनि सम्वन्धीत विद्यालयहरुलाई पाठ्यपुस्तकको रकम प्रदान गरिरहेको बताए । शान्तिनगरपालिकामा १३ लाख १५हजार दुई सय १५ रुपैया र दंगीशरण गाउपालिकामा १९ लाख ९७ हजार रुपैया पाठ्यपुस्तक खरिदका लागि आएको सम्वन्धीत स्थानीय तहले जनाएका छन। शान्तीनगर २७ र ३४ वटा सामुदायिक विद्यालयहरु रहेका छन ।
त्यस्तै देउखुरीको राजपुरगाउपालिकाले भने आइतवारसम्म सम्वन्धी विद्यालयहरुलाई पाठ्यपुस्तकको रकम प्रदान गरिसक्ने बताएको छ ।

‘राजपुरगाउपालिकामा यस शैक्षिक सत्रमा पुस्तक खरिदका लागि १७ लाख १९ हजार दूई सय २२ रुपैया आएको छ’,गाउपालिकाका श्रोतव्यक्ति (आरपी) ऋषि शर्माले भने,‘आइतवारसम्म आफनो तहमा सम्पुर्ण विद्यालयहरुले पाठ्यपुस्तक खरिदका लागि रकम प्राप्त गरिसक्ने छन ।’ यसशैक्षिक बर्षदेखि कक्षा ४ र ५ का विद्यार्थीहरुले पनि रंगीन पाठ्यपुस्तक पढ्न पाउने भएका छन । गतबर्षसम्म १, २ र ३ कक्षासम्म पाठ्यपुस्तक र्रगीन हुने गरेका थिए भने यसबर्षदेखि ५ कक्षासम्मका विद्यार्थीहरुले रंगीन पुस्तकमा अध्ययन गर्ने भएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*