Home / Feature Breaking news / प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

नयाँदिल्ली,२३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ ।

मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए । ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स गएका थिए ।

स्रोतका अनुसार यो भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै सपर््राइज भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*