Home / Feature Breaking news / विप्लवलाई जहाँ भेट्यो त्यहीँ समात्नू

विप्लवलाई जहाँ भेट्यो त्यहीँ समात्नू

काठमाडौं,२० चैत । प्रहरी प्रधान कार्यालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई जहाँ भेट्यो त्यहीँ समात्न निर्देशन दिएको छ ।
भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कसुरमा विप्लवलाई पक्राउ गरी कारवाही गर्न आदेश दिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई विप्लवलाई जहाँ भेट्यो त्यहीँ समात्न निर्देशन दिएको हो ।
प्रहरी स्रोतका अनुसार विप्लव अहिले भूमिगत अवस्थामा छन् । उनी नेतृत्वको पार्टीमा रहेका धेरै नेता तथा कार्यकर्ता अहिले भूमिगत अवस्थामा छन् ।
तर सरकारले विप्लवले केवल चन्दा उठाउनका लागि मात्रै तर्साउने काम गरेको बताउँदै आएको छ ।
नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी मनोज नेउपानेले भने–“अदालतबाट आदेश भएका जोकोहीलाई पनि प्रहरीले जहाँ भेट्यो त्यही समात्छ, विप्लवको हकमा पनि त्यही लागु हुन्छ ।”
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले विभिन्न स्थानमा बम विष्फोट लगायतका गतिविधि गरेको भन्दै जिल्ला अदालत भोजपुरले मंसिर १० गते चन्दलाई अदालतमा उपस्थित गराउन भनेको थियो ।
अदालतकै आदेशपछि प्रहरीले विप्लवका दाई चन्द्रबहादुर चन्दको कपिलवस्तुस्थित शिवराज नगरपालिका ९ स्थित घरमा पक्राउ पूर्जी टाँसेको थियो । त्यसयता विप्लव कुनैपनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
गृहमन्त्री थापाले पनि विप्लवको समस्या राजनीतिक रुपमा समाधान नभए कानुनी बाटोबाट ठिक गर्ने चेतावनी दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*