Home / Feature Breaking news / सडकमै सुतेर पशुपतिको यात्रा

सडकमै सुतेर पशुपतिको यात्रा

लमही १४ चैत । धर्म र आस्थामा विश्वास भएपछि जती सुकै कठोर तपस्या गर्न पछाडी हड्दैनन भन्ने भारतको एक सन्यासी युवाले देखाएका छन् । सुन्दा अचम्म लाग्न सक्ने तर यथार्थतता ।

उनले सडकमै बसेर यात्रा गरिरहेका छन । मगलवार उनि लमही आएका थिए । भारतको विहारवाट लमही आउदासम्म उनले कुनै सवारी साधन प्रयोग गरेका छैनन । उनि पशुपतिनाथको दर्शनको लागि आएका हुन। भारतको विहार राज्य अन्र्तगत वाका जिल्ला भगवतपुरका २७ वर्षीय चित्रागंं यादव यति वेला सडक यात्रामा छन ।

त्यो पनि सडकमै लम्पसार सुतेर यात्रा गरिरहेका छन् । यादव भारतको हरिद्धारदेखि नेपालको काठमाण्डौ स्थीत पशुपतिनाथको मन्दिरसम्म सडकमै सुतेर पुग्ने क्रममा छन । ‘मैले यो यात्राको लागि सवारीका साधन प्रयोग गरेका छैन । यसरी नै पशुपतिनाथको दर्शन गर्ने र फर्केने छु ।’ गत २०७४ अर्थात २०१७ साउनदेखि हरिद्धारवाट उनले आफनो यात्रा सुरु गरेको वताए ।

IMG_20180327_170012

पछिल्लो सयममा धर्मप्रतिको आस्था हराउन थालेको भन्दै सवैमा आस्था जगाउन कठोर यात्रामा लागेको यादवले दावी गरे । हातमा सानो काठको डण्डी लिएर हिडेका यादवले त्यहि डण्डीले सडक नाप्दै हिडने गरेका छन् । दैनिक ४ देखि ५ किलो मिटिर सडक पार गर्ने गरेको उनले वताए ।

दिनमा एक छाँक मात्र खाना खाने र रातमा भने आफूलाइ पायक पर्ने मन्दिर तथा धर्मशाला नभए सकड छेउमा वास वस्ने र विहान सुर्य उदायसंगै सुर्य नअस्ताउदासम्म यात्रा गर्ने गरेको वताए ।मंगलवार दिउसो ४ वजे लमही आइपुगेका यादवलाई सडकमै सुतेको देखे पनि लमहीवासीहरु हेर्नका लागि तछाड मछाड गरेका थिए । चक्रो घाम त्यसमा पनि कालोपत्रेमा लम्पसार सुतेको दृष्यले कसैले पागल मान्छे समेत भन्न भ्याए । यादवलाई हिन्दु जागरण नेपाल लमही समितिले ५ सय आर्थिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*