Home / Feature Breaking news / वेलझुण्डीमा पानी राजनीति….

वेलझुण्डीमा पानी राजनीति….

खेमराज रिजाल
वेलझुण्डी(तुलसीपुर) १४ चैत । नासाका एक बैज्ञानिकले भनेका थिए, अवको विश्वयुद्ध पानीकै बिषयमा हुने छ, त्यसका खानेपानीदेखि सिंचाइकुलाका समस्या हुने छन् । विश्वमा तीन खण्ड पानी भएपनि पानीको बांडफांडको समानुपातिक वितरण प्रणालीमा समस्या हुने छ । त्यसमा राजनीति हावी हुनु हुंदैन । तर पछिल्लो समयमा बेलझुण्डी खानेपानीमा राजनीतिक हस्तक्षेपका कारण नयां नेतृत्व चयन समेत हुन सकेको छैन ।

सहज पानीकालागी भन्दा पनि नेतृत्व लिनेमा राजनीतिक दलहरुको हस्तक्षेप हावी हुन थालेको छ । राम्रा भन्दा हाम्रालाई नेता बनाउने चलखेल देखिन थालेको छ । मुलुकमा तीन चरणका निर्वाचन भैसकेपनि राजनीतिक दलहरुले सक्षम नेतृत्व भन्दा आफ्नै पार्टीकालाई नेतृत्वमा ल्याउन खानेपानीमा समेत हस्तक्षेप सुरु गरेपछि निर्वाचन मण्डल समेत सो प्रक्रियाबाट वाहिरिएको छ ।

खानेपानीमा दलिय सहमती हुन नसकेपछि वर्तमान कार्यसमितिलाई आर्थिक एवं प्रशासनिक अधिकार दिनेगरी सर्वदलिय निर्णय भएको छ । नयां नेतृत्व चयन गर्ने सवालमा भने उनीहरु गम्भीर देखिएका छैनन् । नेतृत्वकालागी हानथाप सुरु भएको छ, वेलझुण्डी खानेपानीमा । यस अघि नेतृत्वदायी भुमिका निर्वाह गरेका प्रदिप गौतम फेरी आफ्ना अधुरा योजनाहरुलाइ कार्यान्वयनमा ल्याउने पक्षमा छन् । तर उनका विरुद्धमा एमालेले अर्का नेतालाई अघिसारेको छ । एउटा लफडा झिकिएको छ, अन्तरपार्टी द्धन्दकालागी ।प्रदिप गौतमका विरुद्ध अर्को खेमाले घनश्याम गौतमलाई उठाएको छ भने एमालेले अर्को बैकल्पिक उम्मेदवारका रुपमा विनय पोखरेललाई अघि सारेका छन् तर उनीपनिखानेपानीको सहज आपुर्तिका सवालमा पोख्त नेता भने होइनन् ।

त्यसो त दुवै उम्मेदवार विश्व विद्यालयका कर्मचारीहरु हुन, तर उपभोक्ताहरुले खानेपानी जानेका नेता चुन्न चाहेका छन् । कांग्रेसलाइ फुटाएर गठवन्धनका उम्मेदवारलाइ जिताउने अर्को अभ्यास कांग्रेसबाटै सुरुआत भएको छ । तर विविध कारणले वेलझुण्डी खानेपानीको अधिवेशनलाइ अनिर्णयको बन्दी बनाइएको छ ।

जानकारहरु भन्छन्, हामीहरु चुनावी प्रक्रियामा जान चाहन्छौं, खानेपानीकालागी संघर्ष गरेका नेता भनेकै प्रदिप गौतम हुन्, उनलाई थप एक कार्यकाल निर्वाचन विहिन अवस्थामा नेतृत्व दिन आवस्यक छ । तर अर्को राजनीतिक खेमा फेरी हावी भएको छ । जसले प्रदिप गौतमको नेतृत्व चाहेको छैन । वाम गठवन्धनको दम्भ देखाउन थालेका छन् उनीहरुले । खानेपानीका मुहान सुकेको सवालमा वर्तमान अध्यक्ष प्रदिप गौतमले सिमेन्ट कारखानाका विषयमा धेरै विरोधका कार्यक्रम आयोजना गरे, तर उनलाई सवै दलको साथ भने भएको थिएन । त्यो अवस्थामा अन्य राजनीतिक दलहरुले थप समिकरणको अपेक्षा गरे ।

प्रदिप गौतम भन्छन्, हामीहरु सहज खानेपानीकालागी सहकार्य गर्न चाहन्छौं, आफुले ल्याएका योजनाहरुको निरन्तरताकालागी एक कार्यकाल मैले नेतृत्व चाहेको मात्रै हो ।’ उनले आफुले खानेपानीकालागी गरेको योगदानको सम्मान उपभोक्ताहरुले गर्ने अभिव्यक्ति दिए । साथै उनले खानेपानीको योजनाका भावी कार्यक्रममा निरन्तरता दिन सक्ने र काम गर्न सक्ने सक्षम नेतृत्व आउन सके आफुले पनि सहमतीको नेतृत्वकालागी सहमती गर्ने बताए ।

पानी राजनीति जिल्लामा हावी भैरहेको अवस्थामा मुहान संरक्षणमा भने उनीहरुको ध्यान आकर्षित हुन भने सकेको छैन । जिल्लामा बर्षातको औषत दर घट्दै आएको छ । पानीका मुहानहरु बर्षेनी सुक्दै गएका छन् । यो विषयमा सोनापुर सिमेन्ट उद्योगले पानीको मुहान सुकाउंदै गएको सवालमा वर्तमान अध्यक्षले भने कारखानालाइ निरन्तर दवाव दिइरहेका छन् । तर उनको अभियानको अझै सुनुवाइ भने भएको छैन ।
कामकाजको जिम्मा वर्तमान कार्यसमितिलाई यसैबीच सर्वदलिय समितिले निर्वाचन प्रक्रियाको अन्तिम टुंगो नलाग्दा सम्मकालागी वर्तमान कार्यसमितिलाई सवै कार्यभारको जिम्मा दिने निर्णय गरेको छ । हालै बसेको सर्वदलिय बैठकले प्रदिप गौतमलाई प्रशासनिक एवम लेखा संम्बन्धि कामको फरफारकको समेत अधिकार दिएको छ । प्रदिप गौतमले भने, अख्तियारी आएको छ, तर पनि समितिको निर्वाचनकालागी म तयारी अवस्थामा छु ।

उनले आफुले ल्याएका योजनाका पुर्णताकालागी फेरी एक कार्यकाल नेतृत्वमा आउन चाहेको पनि उनले बताए । त्यसकालागी आफु कार्यरत संस्था नेपाल संस्कृत विश्व विद्यालयबाट सहमती समेत लिएको समेत उनले बताए ।

‘आर्थिक लाभकालागी मेरो उम्मेदवारी होइन, मैले जनतालाइ सहज खानेपानी उपलव्ध गराउने योजनाहरु परिपुर्तिकालागी मात्रै हो, अधुरा योजनाका पुर्णताकालागी मेरो उम्मेदवारी थियो, गौतमले भने । साथै उनले खानेपानी संस्थामा अनावश्यक हस्तक्षेप र अनिर्णयको बन्दी नबनाउन समेत आग्रह गरेका छन् ।
आजको गोरक्ष दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*