Home / Feature Breaking news / राष्ट्रपतिको सपथ बैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ हुने
President Bidya Devi Bhandari signs to enact a bill at the Sheetal Niwas, on Thursday, February 25, 2016. Photo: President's Office

राष्ट्रपतिको सपथ बैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं , १३ चैत ।

राष्ट्रपति विद्या भण्डारीको सपथ बैधानिकतामाथि सर्वोच्च अदालतमा बहस गर्ने बाटो खुलेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ बदरको माग गर्दै परेको रिट दरपीठ बदर गरेको हो ।

पराजुलीले २१ साउनमै अवकास पाएको देखिएको र न्याय परिषदले पत्रचार गरिसकेको अवस्थामा सपथको बैधता संवेदनशील प्रश्न भएको इजलासले बताएको छ ।

‘यस विषयलाई न्यायिक सुनुवाईमा प्रवेश हुन नदिनु उचित हुँदैन’ आदेशमा भनिएको छ ।

इजलासले कानुनी आधार तथा उचित र पर्याप्त कारण नखुलाई निवेदन दरपीठ गर्ने आदेश भएको भन्दै आदेशमा भनिएको छ, अन्य कुराको रीत पुगेको भए निवेदन दर्ता गरी अरु नियमानूसार गर्नू ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*