Home / Feature Breaking news / पुरन्धारा झरनाको विकासका लागि काम गछौँः मुख्यमन्त्री पोख्रेल
फाईल तस्वीर

पुरन्धारा झरनाको विकासका लागि काम गछौँः मुख्यमन्त्री पोख्रेल

देवी भण्डारी
हापुरे, ११ चैत्र

मुख्यमन्त्री शंकर पोखरेलले पुरन्धारा झरनाको बिकासका लागि प्रदेश सरकारले बजेट विनीयोजन गर्ने बताउनुभएको छ । बबई गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि योजना निर्माण गर्न आग्रह गर्नुभयो ।

पर्यटनक्षेत्रबाट स्थानीय तहमा आर्थिक समृद्धि हुने भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि बबई गाउँपालिकालाई स्थानीय तहमा रहेका पर्यटकीयस्थलको बिकासमा ध्यान दिन आग्रह गर्नुभएको थियो । सधै अरुले काम गरोस् भन्ने चाहाना हुने भन्दै मुख्यमन्त्री पोखरेलले आफुबाट योजना निर्माण गरेर अरुबाट आश गर्न आग्रह गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारले सबै स्थानलाई न्यायचित रुपमा बिकासका पुर्बाधारलाई ध्यान दिने मुख्यमन्त्री पोखरेलले बताउनुभएको थियो । सबैले सरकारबाट अपेक्षा गर्ने भन्दै जनताले पनि गाउँठाउँको बिकासमा ध्यान दिन सकेमा बिकासको गतिले तीब्रता पाउने बताउनुभएको थियो ।

त्यस अवसरमा प्रदेशसभा सदस्य उत्तरकुमार वली, धमकली चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बोल्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले पुरन्धारा झरना र समग्र बबई गाउँपालिकाको बिकासका लागि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष सावित्रा बिश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्सलकुमार वलीले गर्नुभएको थियो । कार्यक्रममा बबई गाउँपालिकाका स्थानीयबासी, जनप्रतिनीधि, राजनीतिक दलका नेताहरुको सहभागीता रहेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*