Home / Feature Breaking news / खुमबहादुर खड्का ‘डेन्जरजोन’मै, यस्तो छ ११ बुँदे ‘अपडेट’

खुमबहादुर खड्का ‘डेन्जरजोन’मै, यस्तो छ ११ बुँदे ‘अपडेट’

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अबस्थामा अझै अपेक्षा गरिएको जस्तो सुधार देखिन सकेको छैन । भारतको एपोलो अस्पतालमा उपचारार्थ भर्ना गरिएका नेता खड्काको अबस्था गंभिर बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।
‘भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएपछि सुधारका संकेतहरु देखिएका छन्’, खड्काको उपचार भैरहेको अस्पतालमा रहेका कांग्रेस नेता राजेन्द्र धितालले भने,‘मान्छे चिन्ने र बोल्न खोज्ने गर्नु हुन्छ, तर मुखमा पाइप हालिएका कारण बोल्न भने मिलिरहेको छैन ।’
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अहिलेको अबस्था नबिग्रने हो भने औषधिले काम गर्ने छ र हप्ता दिनपछि भेन्टिलेटरबाट बाहिर ल्याई थप उपचार गर्न सकिने छ ।
‘चिकित्सकहरु अलमल अलमल गर्छन्, अबस्थाका बारेमा खासै बताउन चाहदैनन्’ नेता धितालले भने,‘खुमबहादुर खड्काकी छोरी स्वयं चिकित्सक हुन, उनीसंगको कुराकानीका क्रममा हालको अबस्था हप्तादिनसम्म कायम रहेमा सबै राम्रो हुने बिश्वासका साथ चिकित्सिकहरु उपचारमा खटिएका छन् ।’
खड्को स्वास्थ्यलाभको कामना गर्न कांग्रेस नेताहरु दिल्लि पुग्ने क्रम पनि जारी छ । यता उनको गृह जिल्लामा उनको स्वास्थ्यलाभको कामना गर्दै मन्दिरहरुमा पुजा अर्जना समेत गरिदै छ ।

दिल्लिवाट प्राप्त अपडेट

१- किडनी हालेको

२- पूर्ण रुपले काम नगरेको

३- शरीरको Immunity Medicine द्वारा घटाई किडनी फङसनमा ल्याऊन लामो समय लाग्ने भएको

४- Immunity घटाऊंदा त्यस्को असर ब्रेन मा परेको ब्रेन मा फँगस

५- ब्रेन को फंगस औषधी ले घटदै थियो भयानक निमोनीया भएको

६- निमोनीया कम गर्दा मुटु को चाल बढने गरेको तर अहीले यो कन्ट्रोल मा ट्रकेस्टोमी गरी कफ निकाल्दा अलि राम्रो भएको

७-ICU मा उपचाररत

८- डा.मुकुल बर्माको नेत्रित्वमा एपोलोका ४ जना को टीमले सघन ऊपचार गरी रहेको

९ – भेन्टिलेटरमा भएता पनि होसमै रहेको

१०- चिकित्सकका अनुसार अझै डेन्जर जोन तर, मार्च अन्तिमसम्म अहिलेको अबस्था नविग्रिएमा खतरामुक्त घोषणा गर्ने चिकित्सकहरुको भनाई

११- सरकारको तर्फवाट कुनै चासो देखाइएको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*