Home / Feature Breaking news / आधुनिक गायन प्रतियोगितामा बिजय प्रथम

आधुनिक गायन प्रतियोगितामा बिजय प्रथम

राप्ती सन्देश समाचारदाता
दाङ,१० चैत ।
त्यो बादलको अटालीमा
लुकेर बासुरी बजायो कस्ले
सुन्छु अवाज मध्य रातमा
पानी तलाउको चलायो कस्ले..बोलको गीत गायर दाङका बिजय परियार प्रदेशस्तरिय आधुनिक गायक प्रतियोगितामा प्रथम भएका छन ।  रेडियो नेपालको ६८ औँ
बार्षिक उत्सवका अवसरमा राष्ट्रव्यापी खुल्ला आधुनिक सांगितिक प्रतियोगिता–२०७४ अन्तर्गत शनिवार घोराहीमा भएको प्रतियोगितामा परियार प्रथम भएका हुन ।

प्रतियोगितामा सहभागी २३ जना प्रतियोगीहरुलाई पछि पार्दै परियारले नगद दश हजार,प्रमाणपत्र र मेडल जितेका हुन । उक्त गीतको रचना नृपध्वज खड्का र संगीत बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले गरेका थिए । परियार गत बर्ष पनि रेडियो नेपालको बार्षिक उत्सवका अवसरमा सञ्चालित प्रदेशस्तरिय प्रतियोगितामा प्रथम भएका थिए ।

‘फुल भनेर दिलमा सजाए काडा बनी मुटु घोच्यौ’गीत गाएर रोल्पा जिल्ला निवासी भरत जिएम दोश्रो भएका थिए । जिएमले नगद ७ हजार ५ सय रुपैयासहित प्रमाणपत्र र मेडल जित्न सफल भए ।

त्यस्तै ‘आशै आसमा आजसम्म,खुशी खोज्र्दै हिडेको छु म ’ बोलको गीत गाएर दाङकी सुनिता विश्वकर्मा तेश्रो भएन । बबई गाउपालिका निवासी सुनिता तेश्रो हुदै नगद सात ५ हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेकी थिईन । दोश्रो र तेश्रो हुने गीतको रचना केशव रावतले गरेका थिए ।

उक्त प्रतियोगिताको जजमा नेपालका प्रख्यात संगीतकार बुलु मुकारुम, बरिष्ठलोक
गायक डा।गोविन्द्र आचार्य र संगीतकार सन्तोष श्रेष्ठ रहेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं। ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आर्थिक समृद्धिको एउटा पाटो गीत संगित र सस्कृति रहेको भन्दै उनले यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिने बताए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले रेडियो नेपालले प्रदेशस्तरिय प्रतियोगिता दाङ बनाएर राम्रो कार्य गरेको बताए । कार्यक्रमको सञ्चालन रेडियो नेपालका ५ नंं प्रदेश संयोजक गोकर्ण रेग्मीले गरेका थिए । प्रतियोगितामा ५ नंं प्रदेशका विभिन्न जिल्लाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*