Home / समाचार / सडक दुर्घटनामा एकको मृत्यु

सडक दुर्घटनामा एकको मृत्यु

दाङ, ७ चैत । तुलसीपुर उपमहानगरपालिका १९ विजौरीमा आज बुधवार पिकअप भ्यानको ठक्करवाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिी १९ विजौरी दोघरे निवासी १६ बर्षिय सोनीया नेपाली (पुजा) रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको छ ।

घोराहीबाट तुलसीपुर आउदै गरेको लु १ च ४६३६ नम्बरको कुखुरा बोक्ने गाडीले नेपालीलाई विहान ११ बजेर ४५ मिनेटमा विजौरी क्याम्पस चोकमा ठक्कर दिएको थियो ।

ठक्करवाट गम्भिर घाईते भएकी नेपालीलाई उपचारको लागि राप्ती अञ्चल अस्पतालमा पुर्याए लगतै डाक्टरले मृत्यु घोषणा गरेका थिए । नेपाली श्री बाल बाटिका बोर्डिङ स्कुलमा कक्षा ८ को जिल्ला स्तरीय परिक्षा दिन जादै गर्दा भ्यानले ठक्कर दिएको थियो । गाडी चालक सल्यान फलावाङका विकास रेउलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै घटनाबारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरमा प्रहरी सहायक निरक्षक बालाराम विकले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*