Home / Feature Breaking news / साझा व्यक्ती भएर काम गर्छुः सभामुख

साझा व्यक्ती भएर काम गर्छुः सभामुख

घोराही, ६ चैत
सभामुख कृष्णबहादुर महराले साझा व्यक्ती भएर काम गर्ने बताएका छन् । सभामुख भईसकेपछि पहिलो पटक आफू निर्वाचित जिल्ला दाङ आएका महराले मंगलवार घोराहीमा घोराही उपमहानगरपालिकाले आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पृष्ठभुमी राजनितिक दलको भएपनि सभामुखको पदभार ग्रहण गरिसकेपछि अब सबैको साझा व्यक्तीको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट अगाडी बढेको भएपनि अब सभामुख भईसकेपछि सबै पार्टिको साझा व्यक्ती हुने बताए । सभामुख महराले सभामुख भईसकेपछि चुनौतिहरु रहेको बताए । नयाँ संविधानको मर्म अनुसार कानुन बनाउनु चुनौतिको रुपमा रहेको उनको भनाई छ । महराले वैशाख १५ गते पछिको संसद बैठकमा बजेट र कानुनको शेसन चल्ने बताए ।

स्थानीय तह, प्रदेश सरकारदेखी विभिन्न कानुनहरु निर्माण गर्नुपर्ने उनको भनाई छ । उनले यसवर्ष व्यस्तताका साथ काम गनुपर्ने अवश्था रहेको पनि बताए । बजेट भाषणको समय नजिकीसकेकाले दाङको विकासकालागि सम्पूर्ण दलहरु एक भएर योजनाकासाथ आउनुपर्ने उनको भनाई छ । साथै अबको केही दिनमा स्थानीय, प्रदेश र संघका सम्पूर्ण जनप्रतिनिधीहरुको वृहत भेला हुने र त्यसले जिल्लाको विकासको खाका तयार पार्ने महराले बताएका छन् ।

सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्ब घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । समग्र दाङको बिकासमा आफुले गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि निरन्तर पहल गरिरहेको भन्दै उहाँले विकास निर्माणका जरुरी आवश्यकताहरुलाई प्राथमिकताका आधारमा एकीकृत गरेर स्थानीय तहबाट योजनाहरु थप गरेर ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।
महरालाई मंगलवार नै दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि स्वागत सम्मान गरेको छ । संघका कार्यवाहक अध्यक्ष बसन्त जोशीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गरेका थिए । सभामुख महरा ३ दिनसम्म दाङमा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*