Home / समाचार / नारायणपुर बसपार्कमा गाडी चालकहरुलाई स्वागत

नारायणपुर बसपार्कमा गाडी चालकहरुलाई स्वागत

नारायणपुर, ४ चैत

घोराही तुलसीपुर सडकखण्डको मध्यभाग नारायणपुरमा रहेको बसपार्क पूर्ण रुपमा सञ्चालनमा आएको छ । करिब २ वर्ष अगाडी निर्माण गरिएको बसपार्कमा विभिन्न समस्या रहेको भन्दै पूर्ण रुपमा सञ्चालनमा आएको थिएन । नारायणपुर उद्योग वाणिज्य संघ र घोराही उपमहानगरपालिका वडा नम्बर १० को विशेष पहलमा आईतवारदेखी बसपार्क पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

वडा कार्यालय र उद्योग वाणिज्य संघको सक्रियतामा आईतवार लामो तथा छोटो दुरीका सवारी साधनहरु बसपार्क प्रवेश गरेर आवतजावत गर्नुपर्ने नियम बनाईएको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष एवं नारायणपुर उद्योग वाािणज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिए ।

साथै बसपार्कमा आईतवार चालकहरुलाई स्वागत गरिएको थियो । नारायणपुर क्षेत्रमा रहेका सार्वजनिक यातायात व्यवसायी समितिको टिकट कार्यालयहरु पनि बसपार्कदेखी नै सञ्चालनमा रहेको पनि अध्यक्ष दाहालले जानकारी दिए । बसपार्क नियमीत रुपमा सञ्चालनकालागि वडा कार्यालयले पहल गरिरहेको वडा नम्बर १० का अध्यक्ष का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल)ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*