Home / समाचार / वडाको विवाद वडा स्तरीय न्यायिक समितिले मिलाउने

वडाको विवाद वडा स्तरीय न्यायिक समितिले मिलाउने

दाङ, ४ चैत
वडा कार्यालयमा आउने बिभिन्न किसिमका बिबादलाई समाधान गर्न तुलसीपुर उपमहानगरपालिका ५ नम्वर वडा कार्यालयमा न्यायिक समिति गठन गरिएको छ । गाँउटोलमा हुने बिभिन्न किसिमका बिबाद गाँउ टोलमा समाधान गर्न वडा स्तरीय वडा समिति गठन गरिएको हो ।
न्यायमा पहँुच हुन अझै पनि नसकेको सर्बसाधारणहरुको गुनसो आईरहदा बिबाद निरुपणका लागि समाधानको उपायको खोजि गरिएको वडा नम्वर ५ अध्यक्ष बिरेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।
वडा अध्यक्ष बिरेन्द्रकुमार शाहको अध्यक्षतमा बसेको बैठकले ५ सदस्यीय वडा स्तरीय न्यायिक समिति गठन गरिएको सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले बिरेन्द्रकुमार शाहलाई वडा स्तरीय न्यायिक समितिको संयोजक तोकिएको छ । सदस्यमा कुमारी साबीत्रा गुरुङ,सरेशकुमार श्रेष्ठ,मधुमती सुनार र सदस्य सचिबमा वडा कार्यालयका सचिब सञ्जयकुमार गुप्तालाई चयन गरिएको छ ।
गठन गरिएको न्यायिक समितिले घरयासी बिबादका सम्बन्धमा वडा कार्यालयको न्यायिक समेतमा दर्ता भएको मुद्धालाई मेलमिलाप मार्फत समाधान गरेको सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*