Home / Feature Breaking news / पपुवा न्युगिनीविरूद्ध नेपालको शानदार जित

पपुवा न्युगिनीविरूद्ध नेपालको शानदार जित

काठमाडौं,१ चैत। आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले शानदार जित हात पारेको छ । नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो ।

जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि सहज जित हात पारेको हो । पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । नेपालको जितमा मुख्य भूमिका खेलेको दीपेन्द्रले अविजित ५० रन बनाएका थिए ।

त्यस्तै, आरिफ शेखले २६ र कप्तान पारस खड्काले २० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७।२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीका कुनै पनि खेलाडीले १९ रन भन्दा बढि बनाउन सकेनन् । पपुवा न्युगिनीका कार्लस अमिनी १९ जासन किलाले १५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

पपुवा न्युगिनीका किप्लिन डोरिगा र सेसी बाउले समान ११–११ रन बनाए । त्यस्तै, कप्तान असद भाला र चड सोपरले समान १०–१० रन बनाएर आउट भएका थिए ।

नेपालको धारिलो बलिङ सामु पपुवा न्युगिनीका कुनै पनि खेलाडी टिक्न सकेनन् । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए । दीपेन्द्रले ४।२ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले ८ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट लिए ।

त्यस्तै, नेपालका लागि सोमपाल कामी र करण केसीले समान १–१ विकेट लिए ।

नेपालले एक दिवसीय मान्यता पाउने सम्बन्धमा भने हङकङ र नेदरल्याण्डबीचको खेलमा भर पर्नु पर्ने भएको छ । नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले स्वत एक एक दिवसीय मान्यता पाउने छ । तर हङकङले नेदरल्याण्डलाई पराजित गरेमा सातौ स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेताले एक दिवसीय मान्यता पाउनेछ ।

त्यस्तै, आजको खेलमा नेदरल्याण्ड पराजित भएमा आठौं स्थान हुने राष्ट्रपनि रेलिगेशन हुदै डिभिजन टु मा घटुवा हुने छ । १७५ रनको चुनौति पछ्याउदै हङकङले नेदरल्याण्ड विरुद्ध ब्याटिङ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*