Home / Feature Breaking news / संरक्षणको पर्खाइमा पुरन्धारा झरना

संरक्षणको पर्खाइमा पुरन्धारा झरना

दाङ, १ चैत
दाङको पश्चिम क्षेत्रमा रहेको पुरन्धारा झरना संरक्षणको पर्खाईमा रहेको छ । जिल्लाको शदरमुकाम घोराहीदेखी ५५ किलोमिटर पश्चीममा रहेको यो झरना पछिल्लो समय जीर्ण बन्दै गएको छ । प्राकृतिक स्वरुप विग्रदै गएको यो झरना संरक्षणको पर्खाईमा रहेको छ । बबई गाउँपालिका—५ पुरन्धारामा रहेको झरना दाङको अत्यन्तै महत्वपूर्ण प्राकृतिक सम्पादाको रुपमा हेरिएको छ ।

पूर्वपश्चिम भएर बग्ने दाङको बबई नदीको उत्तर काखमा अवस्थित यो झरनाको उचाई १ सय ५० मिटर रहेको छ । जुन झरना केही वर्ष पहिले ४ सय मिटरको उचाईमा रहेको थियो । संरक्षण हुन नसक्दा यो झरनाको स्वरुप विग्रदै गएको स्थानीयबासीहरु बताउछन् । झरनाको अवलोकनका लागि एवं वनभोजकालागि जिल्लका विभिन्न स्थान एवं छिमेकी जिल्लाहरुबाट यहाँ आउने गर्दछन् ।

IMG_2568

यहाँ आउने आन्तरिक पर्यटकहरुले यसको संरक्षण गरि पर्यटकीय स्थल बनाएर दाङको चिनारीको रुपमा विकास गनुपर्ने महसुश गर्ने गरेका छन । छहरामा भेटिएका कुलबहादुर डाँगीले यो क्षेत्रको विकासकालागि स्थानीय तह एवं जिल्ला तथा केन्द्र स्तरबाट लागिपर्नुपर्ने बताए । ‘यो झरना एकदमै राम्रो रहेछ, म पहिलोपटक यहाँ आए’ उनले भने­ ‘यसको विकासकालागि संरक्षणकालागि आवश्यक छ जसमा स्थानीय तह, जिल्ला तथा केन्द्रबाट ध्यान दिन आवश्यक छ ।’

IMG_2831
रोल्पाबाट झरनामा वजभोजकालागि आएका सुरेश पोख्रेलले पनि यो झरना जीर्ण बन्दे गएकाले यसको स.रक्षणमा सबैले ध्यान दिन आवश्यक रहेको बताए । यस्तै झरना अवलोकनकालागि आएकी आशा कार्कीले पनि यो झरना एकदमै रमणीय स्थल भएपनि विकास र मर्मतको पखाईमा रहेको बताईन् ।

झरनासँगै अत्यन्तै कलात्मक गुफा पनि रहेको छ । जुन गुफाभित्र विभिन्न देवीदेवताहरुका आकृतिहरु रहेका छन् । झरनामा दैनिकजसो वनभोज आयोजना हुने गरेका छन् । कसंरक्षणको पर्खाइमा रहेको पुरन्धारा झरनालाई संरक्षण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*