Home / Feature Breaking news / संघीय संरचनामा जाने तयारीमा राप्तीका सहकारी

संघीय संरचनामा जाने तयारीमा राप्तीका सहकारी

दाङ, २९ फागुन

संघीय संरचना अनुसार सहकारीहरु स्तानीथ तह, प्रदेश र केन्द्रमा हस्तान्तरण गर्ने प्रक्रिया राप्तीमा सुरु भएको छ । राप्ति अञ्चलमा रहेका सहकारी संस्थाहरुको दर्ता पक्रियादेखी नियमन सम्मको जिम्मा पाएको डिभिजन सहकारी कार्यालयले तहगत रुपमा सहकारी कार्यालयहरु हस्तान्तरण गर्ने प्रकृया थालनी गरेको जनाएको छ ।

राप्ति अञ्चलका सहकारी संस्थाहरुलाई स्थानीय तह, प्रदेश र केन्द्रमा हस्तान्तरण गर्ने तयारी भएको डिभिजन सहकारी कार्यालय दाङले बताएको छ ।

डिभिजन सहकारी कार्यालय दाङले तयार पारेको तथ्याङ्क अनुसार राप्तिका ५ जिल्ला दाङ, रुकुम, रोल्पा, सल्यान र प्युठान जिल्लाका रहेका एक हजार दुई सय ४८ सहकारी संस्थाहरु मध्ये एक हजार एक सय २८ सहकारी संस्थाहरु पाँचवटै जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुने भएका छन् । यी जिल्लामा रहेकामध्य एक सय ९४ सहकारी संस्थाहरु प्रदेशमा हस्तान्तरण हुनेछन् भने २६ सहकारी संस्थाहरु भने केन्द्रको मातहतमा रहने डिभिजन सहकारी कार्यालयले बताएको छ ।

मन्त्रालयको निर्देशन अनुसार स्थानीय तहको संरचनामा पर्ने सहकारीहरु स्थानीय तहमा हस्तान्तरण हुनेछन् भने दुई स्थानीय तहमा कार्य क्षेत्र पर्न गएका सहकारी एवं जिल्लाभरी कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारीहरु प्रदेशमा हस्तान्तरण हुनेछन् । यसैगरि संघिय संरचना अनुसार एकभन्दा धेरै प्रदेश कार्यक्षेत्र रहेका सहभारीहरु केन्द्र सरकारको मातहतमा रहने डिभिजन सहकारी कार्यालयका प्रमुख विनोद पौडेलले जानकारी दिए ।

स्थानीय तहमा हस्तान्तरणहुने सहकारी संस्थाहरुको हकमा प्रत्येक जिल्लामा अभिमुखिकरण तालीम आयोजना गर्ने तयारी डिभिजन सहकारी कार्यालयले गरेको छ । डिभिजन सहकारी संस्थाले तहगत रुपमा हस्तान्तरण गरेपछि सहकारी संस्थाहरुको नियमन तथा सवै जिम्मा स्थानीय, प्रदेश तथा संघीय कानुन अनुसार हुने छ ।

सहकारी संस्था हस्तान्तरण पश्चात स्थानीय तहमा जानेहरुकालागि भने सहज हुने देखीएको छ । सहकारी संस्थाको नियमनकारी निकाय राप्ति अञ्चलमै एउटामात्रै दाङको घोराहीमा रहेकोले राप्तिका अन्य जिल्लाबाट सहकारीको कामकालागि दाङ झर्नुपर्ने वाध्यता रहेको थियो । स्थानीय तहमा जाने सहकारीहरुलाई कामकालागि सहज हुनेछ भने प्रदेश र केन्द्रको मातहतमा रहने सहकारीहरुकालागि काम गर्न अझै झन्झटिलो हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*