Home / Feature Breaking news / कपुरकोटको खानेपानी समस्या समाधान हुने

कपुरकोटको खानेपानी समस्या समाधान हुने

सल्यान, २९ फागुन ।

जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारमा खानेपानीको चरम अभावलाइ पुर्ति गर्नका लागी गाउँपालिकाले योजना सञ्चालन गर्ने भएको छ । बजार क्षेत्रमा खानेपानी समस्याको दिर्घकालिन समाधानका लागी योजनाको ‘डिटेल सर्वे’ सम्पन्न भइसकेको छ भने गाउँपालिकाले आज मंगलबार बजारवासिसंग छलफल पनि गरेको छ ।

कपुरकोट बजारमा कसरि खानेपानीको सहज व्यवस्था गर्न सकिन्छ र योजना कसरि अगाडी बढाउने भनेर गाउँपालिकाले स्थानीयवासि तथा सरोकारवालाहरुसंग छलफल गरेको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए । मंगलबारको छलफलमा निजी धारा घरमा ल्याएका घरधनीहरुसंग चैत्र १ गते फेरि अन्तरक्रिया गरेर अगाडी बढ्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले जानकारि दिएका छन् ।

गाउँपालिकाले कपुरकोट क्षेत्रका ३ स्थानमा रहेका मुहानबाट पानी संकलन गरेर प्रत्येक बजार क्षेत्रका घरमा धारा पुर्याउने लक्ष्य राखेको छ । गाउँपालिकाका इन्जीनियरहरुले गरेको सर्वे अनुसार ३ वटा मुहानबाट ८० हजार लिटर पानी संकलन गर्न सकिन्छ । जसमा ६० हजार लिटर क्षमताको एउटा र २० हजार लिटर क्षमताको अर्काे रिजर्व टंकि निर्माण गरिने सव इन्जीनियर प्रेम विकले जानकारि दिए ।

कपुरकोट खानेपानी योजनाका लागी गाउँपालिकाले यस आर्थीक वर्षमा ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कपुरकोट क्षेत्रमा ११९ वटा धारा जडान गर्ने लक्ष्य रहेको छ । वर्षाैँदेखि कपुरकोटमा गर्मियाम शुरु हुने वित्तिकै खानेपानीको चरम अभाव हुने गरेको छ । तर कतिपयले व्यक्तिगत रुपमा एकलौटी पानी प्रयोग गर्दै आएका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*