Home / Feature Breaking news / राप्ती अञ्चल लिकर्सको ११ औँ साधारण सभा

राप्ती अञ्चल लिकर्सको ११ औँ साधारण सभा

दाङ, २६ फागुन
राप्ती अञ्चल लिकर्स एशोसियसनको ११ औँ साधारणसभा आज शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहमा सम्पन्न भएको छ ।

एशोसियसनका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता एवं नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यमा भएको साधारणमा बोल्ने वक्ताहरुले मदिरा व्यवसायीहरुका समस्या समाधानकालागि सम्पूर्ण मदिरा व्यवसायीहरु एक भएर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष नेपालले मदिरा व्यवसायलाई नमूना बनाउनकालागि सम्पूर्ण व्यवसायीहरु एक भएर लाग्न अनुरोध गर्नुभयो । उहाँले मदिरा व्यवसायीहरुकालागि देखिएका समस्या समाधानकालागि महासंघले पहल गरिरहेको पनि बताउनुभयो ।

l 1

कार्यक्रमक विशिष्ठ अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशीेले मदिरा व्यवसायीहरुले दाङ लगायत राप्ती क्षेत्रमा नमूना काम गरिरहेको बताउदै यो व्यवसायलाई पर्वद्धन गर्नकालागि उद्योग वाणिज्य संघ लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले मदिरा व्यवसायीहरुको समस्या समाधानकालागि लिकर्स एशोसियसन निरन्तर लागिरहेको बताउनुभयो । यसकालागि सम्पूर्ण लिकर्स व्यवसायीहरु एक भएर अगाडी बढ्नुपर्ने भन्दै अध्यक्ष बुढाथोकीले विभिन्न क्षेत्रमा उपसमितिहरु गठन गर्ने योजनामा लिकर्स रहेको बताउनुभयो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वणिज्य संघका कोषाध्यक्ष सशील पोख्रेल, रुपन्देही मदिरा व्यवसायी संघका उपाध्यक्ष टिकाराम पन्थी, दाङ देउखुरी होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र पुन मगर, राप्ती अञ्चल बजार प्रतिनीधी एशोसियसनका अध्यक्ष दिनानाथ शर्मा, प्राजान्त्रीक उद्यामी संघका अध्यक्ष गुरुप्रसाद कडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा महासचिव श्रीधर धितालले वार्षीक प्रतिवेदन र कोषाध्यक्ष टिकाजंग वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

एशोसियनका वरिष्ठ उपाध्यक्ष देवबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केशव घिमीरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण श्रीधर धितालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*