Home / Feature Breaking news / राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिकिो अध्यक्ष हमाल

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिकिो अध्यक्ष हमाल

राप्ती सन्देश समाचारदाता
दाङ,२५ फागुन । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको १७ औँ अधिवेशन तथा ३३ औँ साधारणसभावाट समितिको अध्यक्षमा पुन सुरेश हमाल सर्वसहम निर्वाचित भएका छन । शुक्रवार तुलसीपुरमा भएको अधिबेशनमा अध्यक्षमा हमालबाहेक अरुको उम्मेदवार नपरेपछि हमाल पुन अध्यक्षमा चयन भएका हुन ।

यद्यपी निर्वाचत समितिले घोषणा गर्न भने बाकि रहेको छ । निर्विरोध निर्वाचित हुनेमा अध्यक्ष सुरेश हमाल, उपाध्यक्षद्धाय पुस्कर धिताल र मान वहादुर डांगी रहेका छन् । त्यसैगरी प्रशासनिक सचिवमा नारायण न्यौपाने पनि सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला सदस्यहरुमा सर्वसम्मत चयन भएका छन् भने मुख्य चुनावी प्रतिस्पर्धा बरिष्ठ उपाध्यक्षकालागी हुने भएको छ ।

बरिष्ठ उपाध्यक्षमा बर्तमान बरिष्ट उपाध्यक्ष भरतनाथ योगी र समितिका वर्तमान सल्लाहकार वामदेव खनालको उम्मेदवार परेको छ ।
त्यसैगरी कल्याणकारी सचिवमा भरतराज श्रेष्ठ, भर्खरै कर्मचारी युनिनको अध्यक्षबाट राजिनामा लिएर समितिको पदाधिकारीको जिम्मेवारीमा आउन खोजेका मिनप्रकाश शर्मा(प्रकाश भट्ट), अम्मर डांगी र माधव न्यौपाने(लम्वु) को उम्मेदवारी परेको छ । कोषाध्यक्षमा प्रविण पुन र प्रेम वहादुर रावतको उम्मेदवारी निर्वाचन अधिकृत प्रविन लम्सालले जानकारी दिए ।

त्यसैगरी कल्याणकारी सहसचिवमा मुर्तिप्रसाद गौतम(शिवहरी) र ऋषिराज रावतको उम्मेदवारी परेको छ । सह कोषाध्यक्षमा इन्द्र शाह निर्विरोध भैसकेका छन् । सर्वसहमतिमा नयाँ नेतृत्व चयनको लागि अहिलेपनि तुलसीपुरमा प्रयास जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*