Home / Feature Breaking news / अल्लोले देशभरी चिनाउदा…..

अल्लोले देशभरी चिनाउदा…..

लिलाधर वली
दाङ,२४ फागुन । तत्कालिन सरकार र माओवादी विचको सशस्त्र युद्ध नभईदिएको भए साहेद म रोल्पामै पढाउथे होला । सशस्त्र युद्धका कारण शहर पुग्दा माओवादीको सुराकी गरेको आरोप तँ गाउँमा बस्दा सरकारी सुराकी, सरकारी भातेको आरोप खेप्नुका साथै कतिवेला ज्यान के हुने हो भन्ने अवस्था थियो । त्यही सशस्त्र द्धन्द्धवाट बच्नका लागि करिव १५ बर्ष अघि रोल्पावाट दाङ झरेको प्रेमकुमारी पुनको परिवार पछिल्लो समय दाङको घोराहीमा अल्लो धागोवाट तयारी पोसाक उत्पादन गर्ने व्यवसाय गर्दै आएको छ ।

स्कुलमा पढाई रहेको भए विद्यार्थीहरुले प्रेमकुमारी मेडर भनेर चिन्थे होलान तर पछिल्लो समय प्रेमकुमारीलाई अल्लो धागोवाट कपडा बनाउने मेडम भनेर देशभर परिचित छिन । यसमा उनी खुशी छिन । बुबाले सिकाएको शिक्षा र आमाले सिकाएको अल्लोको धागोवाट कपडा बनाउने सिपले गर्दा आज आफु देशभर चिनिन पाउदा अन्यन्त खुशीको महशुस गर्छिन प्रेमकुमारी । र,सम्झन्छीन २०७१ सालमा काठमाण्डौको भृकुटी मण्डवमा भएको लद्युघरेलुले आयोजना गरेको रजत महोत्सवलाई ।

उक्त महोत्सवमा पुनले पहिलो पटक देशकै उत्कृष्ठ महिला उद्यमीका रुपमा पुरस्कृत हुदै नगद २० हजार रुपैया पुरस्कार प्राप्त गरेकी थिईन । उनी सम्झन्छिन,‘पहिलो पटक अल्लोको धागोवाट कपडा बनाएर काठमाण्डौमा सहभागी भएकी म उत्कृष्ठ महिला उद्यमीका रुपमा पुरस्कृत भए,आयोजकले मलाई पुरस्कार र प्रमाणपत्र दिदा मेरा आखाँवाट आशु खसे,त्यय क्षण मैले सम्झीएको थिए मलाई पढाएर अघि बढाउने बुबा र अल्लोको कपडा बुन्न घरमै सिकाउने मेरी आमालाई ।’

16807485_1814613015525816_2633431198958825804_n

यसका साथै उनका जीवनमा अनगिन्ती खुशीका पलहरु रहेका छन । जस्तो कि उनी शिक्षिका भएर विद्यार्थीहरुलाई पढाउन पाउदाको क्षणलाई पनि अर्काे खुशीको क्षण बताउछिन । दिन ठ्याक्कै थाहा छैन, तर २०३९ साल तिरको कुरो हो ‘म पहिलो पटक शिक्षिका बनेर कक्षा पढाउन पुगेको थिए’, प्रेमकुमारी भन्छीन,‘उत्तिबेलको समयमा महिलाहरुलाई पढाउने चलन थिएन,महिलाहर घरवाट टाढा जान हुदैन भन्ने चलन थियो तर मैले पढेर दुरदराजमा रहेका स–साना विद्यार्थीहरुलाई पढाउने मौका पाए।’ प्रेमकुमारी भन्छिन,‘त्यो दिन पनि मेरो खशीको दिन हो ।

उसो तँ उनी अल्लोको धागोवाट बनाएका कपडाहरुवाट देशभर चिनिन पाउदा क्षणलाई पनि खुशीको क्षणका रुपमा बाडछिन । शिक्षण व्यवसायमा रहिरहेको भए विद्यार्थीहरुले चिन्थे होला तर अहिले मलाई देशभरी नै चिन्ने गरेका छन । देशका विभिन्न स्थानमा मेला महोत्सवहरु सञ्चालन हुदा दाङको अल्लोका सामाग्रीहरु ल्याएर आउन भनेर धेरै ठाउवाट बोलाउने गर्दा आफुलाई खुशी लाग्ने गरेको बताएछिन । ‘अल्लोले दाङ र मलाई देशभरी चिनाउनका साथै मगरहरुको पुर्खेउली पेसा संरक्षणमा हुन पुग्दा आफुलाई गौरव हुने गरेको छ ।
उसो तँ उनी रोल्पावाट दाङ झरेको केही समय सिलाई कटाई व्यवसाय गरेको बताउछिन । सरकार र माओवादीको सशस्त्र युद्ध बढ्दै गएपछि गाउँमा बस्न नसकिने भयो ।

गाउँमा माओवादीले सताउने र सहर जादा सेना पुलिसले सताउने गर्न थालेपछि रोल्पामा बस्न नसकेर दाङ झरेको केही समय सिलाई कटाई गरेर बसे । त्यसवाट पनि राम्रै आम्दानी हुने गरेको थियो । घोराहीको नयाँ बजारमा सिलाई कटाई व्यवसाय गर्दा उनले सशस्त्र द्धन्द्धको समयमा रोल्पा,रुकुमवाट दाङ आएका धेरैसँग भेट भयो । उनीलाई घोराहीमा आएर बस्न धौ धौ परेको थियो । कतिपय महिलाहरुलाई उनै पसलमा काम सिकाईदिनु भनेर आउने गर्थे,कोही तँ काम लगाउनु भन्दै आउने गर्दथे । तर आफनो सानो कटाई सिलाई पसल भएकाले अरुलाई काममा लगाउन सक्ने अवस्था थिएन ।

धेरै दिदी बहिनीहरुको दु.ख देखेपछि केही नयाँ व्यवसाय गर्ने सोच चल्यो मनमा । र, अल्लोको धागोवाट आफुले पनि कपडा बनाउन जानेको र अल्लोको धागोवाट तयारी पोसाक बनाउदा मगर समुदायको परम्परागत सिपको संरक्षणसँगै आफुहरु जस्तै धेरै महिला दिदी बहिनीहरुलाई रोजगारी दिन सकिने भएकाले २०५६ सालदेखि प्रेम नि.स.अल्लो धागो तथा जडिबुढी सप्लार्यस दर्ता गरेर अल्लोको धागोवाट कपडा उत्पादन तिर लागेको उनी बताउछिन ।

premkumari pun

शुरुमा कार्पेट र गलैचाको धागो उत्पादन गर्ने सोच बनाएको भएपनि २०६९ साल पुस २६ गते प्रेम नि.स. अल्लो धागो तथा तयारी पोसाक उद्योग स्थापना गरेर अल्लोको धागोवाट दाङमै पहिलो पटक तयारी पोसाकहरु बनाउन उनले सुरु गरेकी थिइृन । त्यसपछि उद्योगमा लगाउन बढाउनेदेखि धेरै भन्दा धेरै महिलाहरुलाई समेटने गरि उनले २०७१ सालमा आफु जस्तै अरु महिलाहरुलाई समेटेर चिनारी महिला साझेदारी समुह गठन गरेकी बताउने पुनको चिनारी महिला साझेदारी समुहमा अहिले ७१ जना महिलाहरु सदस्यका रुपमा रहेका छन । र,प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सयौँ महिला तथा पुरुषहरुले रोजगारी प्रदान गरेका छन ।

साथै प्रेमकुमारी तथा उनको चिनारी महिला साझेदारी समुह विभिन्न मेला महोत्सवहरुमा उत्कृष्ठ हुदै आएको छ । २०७० सालमा ललित कला प्रज्ञा प्रतिष्ठानवाट सम्मान,२०७१ सालमा देशकै उत्कृष्ट महिला उद्यमी, २०७२ सालमा उद्योग मन्त्रालयले आयोजना गरेको प्रर्दशनीमा उकृष्ठ महिला उद्यमी,२०७३ सालमा घरेलु तथा साना उद्योग विभागले काठमाण्डौमा आयोजना गरेको महोत्सवमा उत्कष्ठ उद्यमीका रुपमा सम्मानसँगै पुरस्कृत भैईसकेको उनी बताउछिन । दाङमा उद्योग बाणिज्य संघसँगै धेरैवाट पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन ।

उद्योगावाट पछिल्लो अल्लोको धागोवाट जुत्ता,चप्पाल,महिला तथा पुरुषका लागि पर्स,महिला पुरुष तथा विद्यार्थीहरुकालागि आवश्यक व्याग,मोवाईल,क्यामेरा व्याग,कोट,स्टीकोट,महिलाहरुको लागि सल,टोपी,क्याप,रिङलगाएत एक सय ४२ प्रकारका सामाग्रीहरु उत्पादन गर्दै आएको छ । उद्योगवाट उत्पादन सामानहरु नेपालका काठमाण्डौ,पोखरा,चितवन,म्याग्दी,लम्जुङ,सोलुखुम्व,खोटाङ,बुटवल,रोल्पालगाएतका जिल्लाहरुसँगै पोर्चुगल,युके,अमेरिका,जापान,अष्टेलियासम्म उत्पादिन सामानहरु पुगेका छन । उद्योगका लागि आवश्यक कच्चा पदार्थ रोल्पा,रुकुम जिल्लाहरुसँगै सेती महकाली अञ्चलका विभिन्न जिल्लाहरुवाट सामाग्रीहरु ल्याउने गरेको उनी बताउछिन । यसरी सामाग्रीहरु विदेशसम्म पु¥याउन पाउनका साथै अल्लोले दाङलाई देशदेखि विदेशसम्म चिनाउन पाउदा आफुलाई धेरै खुशी लाग्ने गरेको बताउछिन ।

२०२० साल बैसाख महिना तात्कालिन कुरेली गाविस–८ रोल्पामा बुबा जितबहादुर रोका र आमा भानमति रोकाको कोखवाट जन्मीएकी थिइन । २०४० सालमा देवप्रसाद पुनसँग बैवाहिक जीवनमा बाधिएकी पुनका एक छोरा र दुई छोरीहरु रहेका छन । पुनले विस २०३९ सालदेखि शिक्षण पेसामा करिव १९ बर्ष बताएकी थिइन । जनकल्याण प्राथमिक विद्यालय धानवाला कुरेली,बालकल्याण निम्न माध्यामिक विद्यालय उपबाङ रोल्पा,नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय राङकोट र भानुभक्त प्राथमिक विद्यालय ट्यामलामीडाडा विद्यालयमा शिक्षण पेसा गरेकी थिईन । पुनले हाल घोराही उपमहानगरपालिका वडा नं. १४ स्थीत नयाँ बजारमा उद्योग सञ्चालन गर्दै आएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*