Home / Feature Breaking news / मेयरसाब निर्णय कार्यान्वयन कैले ?

मेयरसाब निर्णय कार्यान्वयन कैले ?

सन्तोष अधिकारी
दाङ, २४ फागुन ।
दाङको घोराही उप महानगरपालीकामा जनप्रतिनिधि आएको पनि सात महिना वितिसक्यो । यो अवधिमा घोराही उप महानगरपालीकाले प्रसंसनिय निर्णयहरु त धेरै ग¥यो तर कार्यान्वयन गर्न नसकेको स्थानीयहरुले गुनासो गरेकाछन् । जन प्रतिनिधिहरुले आफैले गरेका निर्णयहरु कार्यान्वयन गर्न किन नसकेका होलान भन्ने आम जनमानसको प्रश्न रहेको छ ।

गत माघ १० गते सम्म वजार क्षेत्रमा रहेका छाडा गाईवस्तुका कारण यातायात सञ्चालनमा असर पुगेको भन्दै हटाउने निर्णय उप महानगरपालीकाले गरेको थियो । तर डेढ महिना वितिसक्दा सम्म पनि कार्यान्वयन हुन सकेको छैन । हापुरमा रहेको स्वस्तिक कृषि सहकारी संस्थालाई छाडा गाईवस्तु दिने र त्यसको व्यवस्थापनको लागि उप महानगरपालीकाले जिम्मा लिने निर्णय भएको स्वस्तीक सहकारीका अध्यक्ष विमल न्यौपानेले जानकारी दिए ।

सहकारीको तर्फवाट प्रपोजल वनाई पेश गर्ने सहमति भएकोमा सहकारीको तर्फवाट प्रपोजल समेत दिईसकेको न्यौपानेले बताए । “मेयरसावले प्रपोजल पनि ठिक छ हामी एकपटक सहकारीको जग्गा अवोलोकन गर्छौ र काम अगाडि वढाउला भन्नुभएको हो तर धेरै ढिला भैसक्यो” न्यौपानेले भने । कुन कारणले मेयरसावलाई छेकेको हो थाहा भएन भन्छन् सहमारीका अध्यक्ष न्यौपाने ।

असार २१ गते सपथ लिएका जनप्रतिनिधिहरुको पहिलो वैठकले बृद्ध भत्ता घरमै पुगेर वितरण गर्ने निर्णय ग¥यो । तर व्यवहारमा आउदा असक्त, अपाङ्ग तथा ८० वर्ष नाघेकालाई मात्रै घरमै गएर वितरण गरे । पहिलो वैठकको अर्को निर्णय जेष्ठ नागरीकलाई घरमै पुगेर स्वास्थ्यउपचार गर्ने, त्यो पनि यो सात महिनाको अवधिमा जम्मा एक पटक गरीएको जेष्ठ नागरीकहरुले बताएकाछन् ।

त्यस्तै गत साउनको महिनाको २१ गतेको वैठकले अस्तव्यस्त पार्किक, फुटपाथ व्यापार, छाडा गाईवस्तुका कारण यातायात असहज भएको भन्दै व्यवस्थापन गर्ने गरी कार्यदल नै वनाएको उप महानगरपालीकाले केही दिन त वजार व्यवस्थापनमा लाग्यो तर निरन्तरता नहँुदा अहिले पनि वजार अस्तव्यत नै रहेको छ । केही फुटपाथ तथा ठेला हरुलाई कारर्वाही समेत गरेको उप महानगरपालीकाले त्यसलाई निरन्तरता नदिदा कार्यान्वयन पक्ष नै फितलो देखीएको छ ।

त्यस्तै कार्तिकको २१ गते स्मार्ट सीटि वनाउनकोलागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको उप महानगरपालीको स्मार्ट सीटि वजार व्यवस्थापन हुन नसक्दा अन्यौलमै रहेको छ ।

वजार व्यवस्थापन गर्न घोराही उप महानगरपालीका वार्ड नं ७ का अध्यक्ष खोपीराम चौधरीको संयोजकत्वमा वनेको कार्यदलले आफ्नो जीम्वेवारी पुरा गर्न सकेन । वजार क्षेत्र रहेका ३ वडा १०, १४ र १५ लाई व्यवस्थापनको जिम्मा दिनुको साटो वजार क्षेत्र देखी टाढा रहेको वार्ड नं ७ लाई जीम्वेवारी दिदा पनि काम हुन नसकेको नाम नवताउने सर्तमा एक वार्ड अध्यक्षले बताए । गत कार्तिक ७ गते बजार क्षेत्रमा रहेका अनाथ वालवालिकाहरुलाई पुनस्थापना गर्ने भन्दै वाल शान्ति गृह पर्सालाई ५ लाख दिने निर्णय गरेको उप महानगरपालीकाले पैसा त दियो तर वजार क्षेत्रमा रहेका अनाथ सडक वालवालीकालाई लिन मानेन । तर पनि उप महानगरपालीका मौन नै वस्यो ।

आम नागरवासीहरुलाई सूचना पु¥याउने उद्देश्य राखी बजार क्षेत्रको उपयुक्त स्थानमा डिजिटल सूचनापाटी राख्ने निर्णय गरेको उप महानगरपालीकाले त्यो पाटि कहाँ राखेको हो नगरवासीलाई अहिले सम्म पत्तो छैन । त्यस्तै टोल फ्री नंम्वर राख्ने, थारु भाषालाई कामकाजी भाषा बनाउने, उप महानगरपालीका तथा वडा कार्यालयलाई प्लाष्टिक झोला मुक्त बनाउने जस्ता लोकप्रिय निर्णय गरेको उप महानगरपालीकाले अहिलेसम्म कुनै निर्णय कार्यान्वयन गर्न सकेको छैन ।

उप महानगरपालीकामा जनप्रतिनिधिहरु आएपछि नगरवासीले अपेक्षा गरेको जस्तो कामहुन नसक्दा घोराही उपमहानगरवासीहरु निरास वनेकाछन् । आफैले गरेका निर्णयहरु समेत कार्यान्वयन गर्न मेयरसावलाई केले छेकेको हो त्यसको भने पत्तोलाग्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*