Home / Feature Breaking news / राप्ती समितिमा सर्वसहमतिको प्रयास

राप्ती समितिमा सर्वसहमतिको प्रयास

राप्ती सन्देश समाचारदाता
दाङ, २२ फागुन । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा सर्वसहमत नयाँ नेतृत्वको पहल शुरु गरिएको छ । त्यसको नेतृत्वदायी भुमिकामा समितिका सल्लाहकार खड्ग वहादुर बुढाथोकीलाई दिएको छ ।

समितिले बुढाथोकीको नेतृत्वमा नौ सदस्य समिति समेत गठन गरेको छ । उक्त समितिले सम्पुर्ण व्यवसायीहरुसँग छलफल गरेर समितिको नेतृत्व सर्वसहमतीको चयनकालागि प्रयास गर्ने छ । समितिको अध्यक्षमा बर्तमान अध्यक्ष सुरेश हमाल नै हुने सम्भावना छ ।
समितिको यहि फागुन २५ र २६ गते तुलसीपुरमा अधिवेशन हुदैछ ।

समितिमा धेरैको आकाक्षादेखिएपछि सर्वसहमतिको प्रयास थालिएको समितिका एक सदस्यले बताए । सर्वसहमतिका लागी समितिका सल्लाहकार तथा पुराना ब्यवसायीहरु सक्रिय रुपमा लागी परेका छन । समितिको अध्यक्ष बाहेक २८ सदस्यीय समितिका लागी ४६ जनाले आकाक्षा देखाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*