Home / Feature Breaking news / ४१ हजार बढि रकमसहित ७ जना जुवाडे पक्राउ

४१ हजार बढि रकमसहित ७ जना जुवाडे पक्राउ

राप्ती सन्देश समाचारदाता
दाङ,२२ फागुन । प्रहरीले जुवा खेलिहेको अवस्थामा दाङमा नगद ४१ हजार बढि रकमसहित सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सुरार्कीको आधारमा सोमवार साती ११ बजे घोराही उपमहानगरपालिका–१२ डाँडागाउमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा उपमहानगरपालिका–१० निवासी २९ बर्षीय थमन बहादुर घर्तीमगर, सोही ठाउँ निवासीहरु २२ बर्षीय अरुण केसी, ३६ बर्षीय भिमबहादुर रोका, ३६ बर्षीय धनबहादुर वली, २२ बर्षीय किरण रावतलाई पक्राउ गरेको छ ।
त्यस्तै सोही ठाउँ निवासी २५ बर्षीय आकाश थकाली र ३९ बर्षिय मानजित वलीलाई प नगद ४१ हजार आठ सय ८५ रुपैया र एक गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिईन । पक्राउ परेका व्यक्तिहरुमाथि जुवा मुद्धा शिर्षकमा म्यादथप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*