Home / Feature Breaking news / सरकारमा सहभागी हुने संघीय समाजवादी फोरमको निर्णय

सरकारमा सहभागी हुने संघीय समाजवादी फोरमको निर्णय

राप्ती सन्देश समाचारदाता
काठमाडौ,२२ फागुन । संघीय समाजवादी फोरमले केपी ओली नेतृत्वको सरकारमा जाने औपचारिक निर्णय गरेको छ । मंगलवार (आज)काठमाडौमा बसेको फोरम पदाधिकारी बैठकले सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार छिट्टै दलको बैठक बसेर सरकारमा जाने मन्त्रीहरुको नाम टुङगो लगाउने छ ।
संविधान संशोधनमा ओली सरकारको प्रतिवद्धा आएपछि फोरम सरकारमा सहभागि हुने निर्णयमा पुगिएको श्रेष्ठले बताए ।

त्यसअघि आजै सत्तारुढ दलसँगको सहमतिमा हस्ताक्षर हुने फोरमका नेताहरुले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*