Home / मनोरञ्जन / नृत्यमा अब्बल ‘आर्जु’

नृत्यमा अब्बल ‘आर्जु’

डिआईडी अर्थात डान्स आईकल दाङ । नृत्य क्षेत्रमा प्रतिस्पर्धात्मक प्रतियोगिता । डि टेन ईन्टरटेनमेन्टको व्यानरमा यो प्रतियोगिता दाङमा भयो । डिआईडीको सिजन २ को प्रचारप्रचसारका क्रममा नारायणपुर पुग्यो आयोजक टोली । नारायणपुरमा रहेको वि फ्रिडम् डान्स एकेडेमीमा सिक्ने र सिकाउने भूमीकामा रहेको नव कलाकार उर्मीला केसी(आर्जु) लाई पनि यस प्रतियोगिताबारे थाहा भयो । उनी यस विषयमा आफ्ना डान्स गुरु बसन्त चौधरीसँग सल्लाह गरिन् ।

गुरुको सल्लाह बमोजिम उनी प्रतिस्पर्धामा सहभागि हुने फाईनल भयो । उनको सानै देखीको ईच्छा चाहना भनेको कलाकार बन्ने । कलाकारमा पनि मोडलिङ, मोडलिङमा पनि नृत्य क्षेत्रको उनको रोजाई । त्यो आफ्नो कला देखाउने एउटा फोरम पाईन् आर्जुले । उनको त्यो कला डिआईडीको ब्यानरमा पोखीयो । जज्हरुको मन जित्न थालिन् उनले । पहिलो चरणबाट नै उनी सम्पूर्ण दर्शकहरुको नजरमा परिसकेकी थिईन् । उनको कलाको सबैले प्रशंसा गर्न थाले ।

28537623_1644653898959262_1163568783_n

डिआईडी सिजन­२ को फाईनलकालागि राउण्ड फागुन ७ गतेको दिन । जताततै प्रजातन्त्र दिवश मनाईरहदा डिआईडीको फाईनल कार्यक्रम पनि सार्वजनिक विदाको दिन पारेर आयोजना गरियो । फाईनलकालागि ३० जना प्रतिस्पर्धी विजेता बन्ने सपनाकासाथ फाईनल प्रतिस्पर्धाकालागि सहभागि भए । उनीहरु सबैमा प्रथम बन्ने अर्थात विजेता बन्ने तयारीकासाथ उनीहरु प्रतिस्पर्धामा सहभागि भए । घोराहीमा रहेको नीमा चलचित्र मन्दिरमा आयोजना गरिएको फाईनल प्रतियोगिता हेर्नकालागि सयौँ दर्शकहरु सहभागि थिए ।

उद्घोषकले सुरु गरे प्रतिस्पर्धात्मक प्रतियोगिताको सुरुवात । उनले पालैपालो प्रतिस्पर्धीहरुलाई बोलाए । अन्तिम ३ मा अर्थात २८ औँ प्रतिस्पर्धीको रुपमा थिईन्ः उर्मीला । दाङ लगायत छिमेकी जिल्लाहरुका प्रर्तिस्पर्धी रहेको प्रतियोगितामा उर्मीलाले आफ्नो उत्कृष्ट प्रस्तुति राखीन् । उनको प्रस्तुतिमा दर्शकहरुको तरररर ताली आयो । सबैले उनको नृत्य मन पराए । नृत्यमा खप्पीस आर्जुको प्रस्तुतिले सबैको ध्यान केन्द्रित ग¥यो । उनी जज्हरुको रोजाईमा पनि परिन् । उनको यो प्रस्तुतिले उनलाई एउटा सफलता दियो । विजेताको नाम घोषणा गर्ने समय भयो ।

उद्घोषकले घोषणा गरे यस डिआईडी सिजन­२ को विजेताको नाम घोषणा भयो । जुन नाम थियोः उर्मीला केसी(आर्जु) । उनी डिआईडीको विजेता बनीन् । डिआईडी सिजन­ २ को विजेता बनेर उनले कलाकारिताको एक खुड्कीलो पार गरेकी छिन् । जुन दिन खुशीको दिन बन्यो । उत्साहको दिन बन्यो । एउटा सफलताको दिन । कलाकारिताको एक खुड्कीलो पार गरेको दिन बन्यो उर्मीलाको लागि यो दिन सफलताको दिन रह्यो । उनी विजेता रहेसँगै एक लाख नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् ।

28537276_1644653675625951_927228444_n

त्रिपुर उपमहानगरपालिका वडा नम्बर १० की १८ वर्षीय उर्मीला केसी अर्थात आर्जु कलाकारितामा संभावना बोकेकी गायीका हुन् । नृत्यमा अब्बल क्षमता भएकी आर्जु यो विजेता बनेसँगै अझै हौसिएकी छिन् । उनी यही क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उत्साहकासाथ अगाडी बढ्ने तयारीमा छिन् । यो सफलतालाई उनी मेहनतको फल भन्छिन् ।

जसले गर्दा यसमा आफूलाई कलाकारितामा केही गर्ने उर्जा मिलेको, यही क्षेत्रमा निरन्तरत अगाडी बढ्ने र मोडलिङमा मेहनत गर्दै जाने योजनामा रहेको उनको भनाई छ । ‘यो मेरो मेहनतको फल हो, यो सफलताले मलाई झनै उर्जा थपेको छ’ उनले भनीन्­ ‘धेरै वर्षदेखी नै म कलाकारिताको नृत्यमा छु, अब निरन्तर अगाडी बढ्नेछु । यही क्षेत्रमा केही गर्छु भन्ने विश्वास जागेको छ ।’

मार्क ईन्टरनेशनल कलेज घोराहीमा विविएस प्रथम वर्षमा अध्ययनरत उर्मीला विजयी भएसँगै उनी यसरी विजयी हुनुमा घरपरिवारको साथ, गुरुहरुको सद्भाव, माया र उत्प्रेरणा, साथीहरुको सहयोग भएको उनको भनाई छ । साथै उनले स्टेच दिएर आफूलाई विजयी हुदाँसम्म साथ दिने आयोजक डि टेन ईन्टरनेटमेन्टलाई धन्यवाद दिईन् ।

‘यहाँसम्म आईपुग्नकालागि मलाई सहयोग गर्ने सम्पूर्णलाई सम्झेको छु, खुसीको पलमा सबैलाई सम्झीरहेको छु’ उनले भनीन्­ ‘आयोजक, घरपरिवार, साथीसंगी, क्याम्पस परिवार, साथीहरु, डान्स गुरुसँगै मलाई यहाँसम्म आईपुग्न सहयोग गर्ने सम्पूर्णप्रति म आभारी छु ।’

दर्जनबढी गीतमा मोडलिङ गरिसकेकी उर्मीला स्टेच कार्यक्रममा व्यस्त हुने गर्दछिन् । उनको उत्कृष्ट कलाका कारण उनको चर्चा चुलिदै गएको छ । कलाकारितामा उर्मीलालाइृ सफलताको शुभकामना ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*