Home / Feature Breaking news / स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा सकस

स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा सकस

 

लिलाधर वली

दाङ,१९ फागुन । स्थानीय तहमा कर्मचारी अभावका कारण काम प्रभावकारी हुन सकेको छैन । तर खटाएका कर्मचारीको व्यवस्थापनमा स्थानीयतहमा समस्या देखा परेको छ । जिल्ला कर्मचारी व्यवस्थापन समितिले निर्णय गरेर स्थानीयतहमा पठाएका कर्मचारीको व्यवस्थापनमा भने समस्या देखा परेको हो ।

स्थानीय निकाय अन्तर्गतका कर्मचारीलाई जनशक्ति व्यवस्थापन समितिले स्थानीयतहमा पठाएपनि स्थानीयतहले हाजिर गराउन मानेका छैन । घोराही उपमहानगरपालिकाले स्थानीय निकाय अन्तर्गतका कर्मचारीहरुलाई हाजिरी गराउन सकेको छैन । जिल्ला कर्मचारी व्यवस्थापन समितिको बैठकले स्थानीय तह कर्मचारी व्यवस्थापन सम्वन्धी आदेश २०७४ को बुदा नं. १४ अनुसार जिल्ला समन्वय समितिको कार्यालय अन्तर्गत रहेका कर्मचारीहरुलाई स्थानीय तहमा व्यवस्थापन गरेको थियो ।

तर घोराही उपमहानगरपालिकामा काजमा खटाएका कर्मचारीहरुलाईलाई भने हाजिरी गराउन उपमहानगर इच्छुक भएको छैन । जिल्ला कर्मचारी व्यवस्थान समितिको फागुन १३ गते बसेको बैठकले १७ जना कर्मचारीहरुलाई स्थानीय तहमा काजमा पठाएको थियो । सामान्य प्रशासन मन्त्रालय,संघय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतका निजामति कर्मचारी ५ जना र स्थानीय तह अन्तर्गतका १३ जना कर्मचारीहरुलाई स्थानीय तहमा पठाएको थियो ।

निजामतितर्फका खरिदार धनबहादुर केसीलाई घोराही उपमहानगरपालिका,नायव शुव्वा प्रशासन निर्मल रेग्मीलाई तुलसीपुर उपमहनगरपालिका,कार्यालयअधिकृत विविध बिष्णुप्रसाद सुवेदीलाई बंगलाचुली गाउपालिका,खा.पा.स.टे.इन्जिनियर भरतबहादुर डाँगी बंगलाचुली र खरिदार प्रशासन अरुणकुमार केसीलाई बबई गाउपालिकामा काजमा खटाउने निर्णय गरेको थियो ।

स्थानीय निकायमा कर्मचारीहरु अधिकृतस्तर सातौ तहका कृष्णकुमार केसी,खरदार सहायकस्तर चौथो तह शान्ता घिमिरे,खापासटे,रा.प.अनं द्धितिय पुष्पा न्योपाने,स.क.अ सहायक चौथो तह महेशकुमार शर्मालाई घोराही उपमहानगरपालिका,शाखाअधिकृत अधिकृतस्तर छैठौ तहका टेकबहादुर खड्का,लेखापाल सहायकस्तर पाँचौ तहका पद्मकुमार ज्ञवाली,कार्यालय सहयोगी पाँचौ तहका ज्यारु चौधरीलाई तुलसीपुर उपमहानगरपालिका खटाएको थियो ।

त्यस्तै गढवा गाउपालिकामा इन्जिनियर,अधिकृत स्तर छैठौस्तरका सूर्यबहादुर रावत,कार्यालय सहयोग युराज कुमाल,दंगीशरण गाउपालिकामा कार्यालय सहयोगी पाँचौतहका राजु चौधरी,शान्तिनगर गाउपालिकामा कार्यालय सहयोगी जयप्रसाद चौधरी र कार्यालय सहयोगी उपेन्द्र डागीलाई राजपुर गाउपालकामा खटाएको थियो ।

तर घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले उपमहानगरपालिकालाई आवश्यक कर्मचारीहरु भन्दानि अनावश्यक कर्मचारीहरु पठाएकाले आफुले हाजिरी गराउन नसकेर फिर्ता गरेको वताए । ‘जिल्ला कर्मचारी व्यवस्थापन समितिले कुन स्थानिय तहमा कुन कर्मचारीको आवश्यकता छ,त्यो बुझेर कर्मचारी खटाउनुपर्छ’,घोराही उपमहानगरपालिका प्रमुख चौधरीले भने,‘स्थानीय तहमा कुन आवश्यकताको कर्मचारी आवश्यकता छ,त्यो बुझ्दै नबुझि कर्मचारी पठाउने निर्णय मान्न हामी तयार छैनौ ।’ स्थानीय तहमा कर्मचारीहरुलाई खुवाउने तलव समेत नभएकाले उक्त निर्णय सच्याउन प्रमुख जिल्ला अधिकारीलाई आफुले पत्र लेख्ने तयारी गरेको प्रमुख चौधरीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*