Home / Feature Breaking news / ‘परीक्षाको रकम अझै पुगेन ’

‘परीक्षाको रकम अझै पुगेन ’

अमरराज आचार्य

दाङ, १७ फागुन । जिल्ला स्तरवाट हुदै आएको कक्षा ८ को परीक्षा यस वर्ष देखि स्थानिय तहले आफै सञ्चालन गर्न जुटेका छन् । तर परीक्षा सञ्चालनका लागि  जिम्मा   पाएका स्थानीय तहमा अझैसम्म रकम पुग्न सकेको छैन । परीक्षाको लागि विनियोजन गरेको रकम स्थानीयतहमा पुग्न नसक्दा परीक्षा सम्वन्धी काम गर्न समस्या भएको जिल्लाका स्थानिय तहका शिक्षा शाखाहरुले बताएका छन् ।

जिल्लाका सवै स्थानिय तहहरुले चैतको पहिलो साता वाट परीक्षा सञ्चालन गर्ने परीक्षाको तालिका समेत सार्वजनिक गरिसकेका छन् । यस वर्ष वाट सामुदायिक विद्यालयमा कक्षा ८ को परीक्षा शुल्क नलिने भएको छ । शान्तिनगर गाऊपालिकाका स्रोत व्यक्ति कविराज डाँगीले परीक्षा सञ्चालनका लागि वजेट नआउदा समस्या भएको बताए ।

उनले शिक्षा कार्यालयवाट रकम न आउदा गाउँपालिका संग वजेट माग गरीएको बताए । ‘गाउँपालिकालाई विकल्पको रुपमा रकम माग गरेका छौ’ डाँगीले भने ‘ रकम नहुदा कसरी परिक्षा सञ्चालन गर्ने भन्ने समस्याले सताएको छ ।’ परीक्षाको लागि रकम आए पछि उक्त रकम गाउँपालिकामा राख्ने गाउँपालिकाले जनाएको छ । परीक्षा सञ्चालन गर्ने जिम्मा स्थानिय तहको भएकाले गाउँपालिकाले सहयोग गर्ने आशा लिएको उनले वताए । तत्कालका लागि गाउँपालिकावाट रकम लिएर भए पनि परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको उनले वताए ।

परीक्षा सञ्चालनका लागि गाऊपालिकाले योजना वनाउन भने पछि प्रपोजल निर्माण गरेर गाउँपालिकालाई दिएको समेत बताए । डाँगीले अहिले निजि विद्यालयवाट प्रति व्यक्ति २ सयका दरले रकम उठाइएको त्यसै वाट केही काम गरी रहेको वताए । गाउँपालिकाले विद्यार्थी सङख्या अनुसार रकम प्राप्त गर्नेका लागि शिक्षा कार्यालयमा विद्यार्थीहरुको सङख्याको वारेमा जानकारी दिइ सकेको समेत बताए ।

लमही नगरपालिकामा स्रोत व्यक्ति उप्रेन्द्र चालिसेले पनि परीक्षाको सवै पुर्व तयारी भइ रहेको बताए । ‘अहिले रकम खर्च हुने काम वाहेका सवै काम सञ्चालन गरी राखेका छौ’ चालिसेले भने ‘ शिक्षा कार्यालयमा विद्यार्थीहरुको सङख्या पठाएपनि रकम भने आएको छैन ।’ शिक्षा कार्यालयवाट हाल सम्म पनि रकम प्राप्त नभए पनि नगरपालिकालाई आग्रह गरेको बताए । स्थानिय तहलाई परीक्षा गराउने जिम्मेवारी रहेकाले नगरपालिकाले यस कार्यमा सहयोग गर्ने अपेक्षा उनको छ । ‘हामीले सोध भर्ना गर्ने गरी नगरपालिका संग आग्रह गरेका छौ’ चालिसेले भने । उनले निजी विद्यालयवाट प्रति विद्यार्थी २ सय रुपैया उठाउने र अपुग रकम नगरपालिका वाट ल्याएर भए पनि परीक्षा सञ्चालन गरीने बताए ।

‘ पटक पटक रकम माग गर्दा पनि हामीले परीक्षा सञ्चालन गर्ने रकम प्राप्त गर्ने सकेका छैन’ एक कमर्मचारीले भने ‘परीक्षा गराउने समय आउन थालि सक्यो तर परीक्षा गराउनका लागि रकम आएको छैन ।’ शिक्षा कार्यालयले विद्यार्थी सङख्या अनुसार रकम दिने भने पछि विद्यार्थी सङख्या पठाइ सकेपनि रक भने नपठाएको ति कर्मचारीले बताए । ‘स्थानिय तहमा परीक्षा सञ्चालन गर्ने रकम छैन सामुदायिक विद्यालयवाट परीक्षा शुल्क उठाउन पाइदैन कसरी परीक्षा सञ्चालन गर्ने’ उनले भने । स्थानिय तहमा परीक्षा सञ्चालन गर्नेका लागि प्रश्न पत्र निर्माण गर्ने समेत समस्या रहेको बताए ।

‘कामको लोड रहेको छ तर जन शक्ति छैन । जसले गर्दा काम गर्ने समेत समस्या छ’ उनले भने । जिल्ला शिक्षा कार्यालय दाङले भने केही दिनमा स्थानिय तहमा रकम पुग्ने बताएको छ । शिक्षा कार्यालयका उप जिल्ला शिक्षा अधिकारी रविन्द्र क्षेत्रिले छिट्टै नै स्थानिय तहमा रकम पग्ने बताए । उनले त्यसका लागि प्रक्रिया सुरु भैसकेको बताए । ‘पहिले शिक्षा कार्यालयको अख्तियारीमा आएको थियो । अहिले स्थानिय तहमा नै अख्तियारी पठाउन थालिएको छ’ उप जिशिअ क्षेत्रिले भने ।

रकम स्थानिय पठाउनका लागि कार्यालयवाट सवै प्रक्रिया सकिएर केन्द्रमा पठाइ सकिएको समेत उनले वताए । स्थानिय सरकारले सञ्चालन ऐन २०७४का आधारमा कक्षा ८ को परीक्षा स्थानिय तहले नै सञ्चालन गर्ने थालेका हुन । ऐन अनुसार आधारभुत तहको परीक्षा सञ्चालन, अनुगमन, तथा व्यवस्थापन स्थानिय तहवाटै गर्ने उल्लेख छ । परीक्षा सञ्चालन संगै यसकालागि आवस्यक कार्य योजना, वनाउने नितीगत निर्णय गर्ने, प्रश्नपत्र वनाउने र छाप्ने, अनुगमन गर्ने लेजर प्रमाणित गर्ने, उतरपुस्तिीका जाच्ने तथा नतिजा प्रकाशनको जिम्मा पनि स्थानिय तहमा नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*