Home / मनोरञ्जन / निराजनले सोनालाई ‘मेरो मुटु’ भन्दै अंगालो हालेपछि बबाल

निराजनले सोनालाई ‘मेरो मुटु’ भन्दै अंगालो हालेपछि बबाल

 

राप्ती सन्देश समाचारदाता
काठमाडौं,१८ फागुन । पछिल्लो समयका व्यस्त मोडल निराजन प्रधान र मोडल सोना लिम्बू पालुङ्वा शनिबार गोदाबारीस्थित ‘गोदावारी भिलेज रिसोर्ट’मा सँगै देखिए । जहाँ उनीहरु मुटुका कुरा गर्दै थिए । सोना आफ्नो मुटु दिने कुरा गरिरहँदा निराजन घुर्किन्थे ।

प्रसंग म्युजिक भिडियो छायाँकनको हो, जहाँ गायिका प्रकृति थलङको ‘मेरो मुटु…’ बोलको ‘लभसङ’ छायाँकन हुँदै थियो । भिडियोमा निराजन र सोनाको प्रेम भावलाई उतार्दै थिए, पत्रकार तथा निर्देशक एमपी सुब्बा ।

स्लोपप ‘मेरो मुटु…’ को भिडियोलाई क्यामेरामा कैद गर्ने काम फोटो पत्रकार तथा भिडियो निर्देशक समेत रहेका नविनबाबु गुरुङले गरेका छन् । भिडियो छायाँकन सकिएपछि निर्देशक सुब्बाले भिडियो सोचेजस्तै बनेको बताए । उनका अनुसार भिडियोमा केटाप्रति एक केटीको प्रेम आशक्तिलाई कलात्मक रुपमा उतारिएको छ ।

जेटिए कल्पनी लिमिटेडको ब्यानरमा एसजे सुब्बा प्रस्तुतकर्ता रहेको ‘मेरो मुटु….’ बोलको यस गीतलाई बुद्धराज राईले लेखेका हुन् भने संगीत कमल रसाइँलीको रहेको छ । भिडियो यसै साता दर्शक तथा श्रोतामाझ आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*