Home / Feature Breaking news / प्रहरीसँग सुरक्षित आप्रवासन सम्वन्धी अन्तरक्रिया

प्रहरीसँग सुरक्षित आप्रवासन सम्वन्धी अन्तरक्रिया

राप्ती सन्देश समाचारदाता
दाङ,१६ फागुन । बैदेशिक रोजगारलाई सुरक्षितसँगै रोजगारमा जानेहरुलाई ठगिनवाट बचाउने ृउद्देश्यले दाङका प्रहरीहरुसँग सुरक्षित बैदेशिक रोजगारी सम्वन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । श्रम तथा रोजगार मन्त्रालय स्वीस सरकार विकास नियोगको सहयोगमा जिल्ला समन्वय समिति अन्तर्गत रहेको सामी परियोजनाले प्रहरीसँग सुरक्षित आप्रवासनका विषयमा छलफल गरेको हो ।
जिल्ला समन्वय समितिका निमित्त समन्व अधिकारी सहदेव भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बैदेशिक रोजगारीले समाजमा नकारात्मक विकृतिहरु भित्राउने काम गरेको भन्दै बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दाे बनाउनुपर्नेमा जोड दिएका थिए ।

sami

जिल्ला समन्वय समितिका प्रमुख नेपालीले बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको बताए । देशमा बेरोजगारीले विकृतिहरुको सृजना भएको भन्दै स्वदेशमै रोजगारी सृजना गर्न अव स्थानीय सरकारले ध्यान दिनुपर्ने वताए । जिल्ला प्रहरी कार्यालय दाङ प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले वैदेशिक रोजगारीले सामाजमा भयाभहको अवस्था सृजना गरेकोे बताईन ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सनिव प्रियासनले बैदेशिक रोजगारीलाई व्यवस्थीत बनाउनका साथै स्वदेशमा रोजगारीका अवसरहरु सृजना गर्न राज्यले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका दुई दर्जन बढि प्रहरीहरुको सहभागिता थियो । सामीले यसअघि तुलसीपुर र लमहीमा पनि प्रहरीलाई सहभागी बनाएर सुरक्षित आप्रवासन सम्वन्धी अन्तरक्रिया गरेको सामी परियोजनाका जिल्ला संयोजक किरण पोख्रेलले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*