Home / Feature Breaking news / महको हवको रुपमा विकास हुदै दाङ

महको हवको रुपमा विकास हुदै दाङ

अमरराज आचार्य

दाङ, १६ फागुन । पछिल्लो समय दाङ महको हवको रुपमा विकास हुदै गएको छ । माहुरी पालनको लागि उपयुक्त वातावरण रहेकाले महको हव वन्दै गएको कृषकहरु बताउछन् । जिल्लामा माहुरी पालनको लागि आवश्यक वातावरण, तोरी खेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फुल प्राप्त भएकाले माहुरी व्यवसायका लागि उपयुक्त जिल्लामा मानिने गरेको छ ।

उपयुक्त बातावरणसंगै माहुरी पालन गर्ने व्यवसायी गर्ने कृषकहरुको सङख्या वृद्धि हुदै गएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । कृषकहरुको सङख्या वृद्धिसंगै यस क्षेत्रमा लगानी समेत वृद्धि भएको छ । जिल्लामा कृषकहरु, सरकारी निकाय तथा गैर सहकारी क्षेत्रवाट समेत ठुलो लगानी भएको छ । सानो लगानीवाट राम्रो आम्दानी गर्ने सकिने भएपछि कृषकहरुको सङख्या वृद्धि हुदै गएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।

जिल्लामा माहुरी पालनको लागि उपयुक्त बातावरण भएकाले हरेक वर्ष वाहिरी जिल्लावाट माहुरी चरणका लागि ल्याउने गरेका छन् । जिल्लामा व्यवसायिक रुपमा माहुरी पालन शुरु आर्थिक वर्ष २०५४ ÷२०५५ वाट शुरु भएको कृषकहरु बताउछन् । जिल्लामा मेलिफेरा माहुरी व्यवसायीक रुपमा पालन गरिदै आएको छ । जिल्लामा अहिले १५ हजार गोला माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ । भने ६ सय ५० जना माहुरीपालन कृषकहरु रहेका छन् । जिल्लामा उत्पादन हुने मह अधिकास बाहिरी जिल्लामा जाने गरेको छ ।1

जिल्लामा उत्पादनको करिव २० प्रतिशत मात्र खपत हुने गरेको छ । ८० प्रतिशत मह वाहिरी जिल्लामा जाने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण विकास अधिकृत पिताम्वर वस्नेतले जानकारी दिए । ‘जिल्लामा उत्पादन हुने मह मध्ये ८० प्रतिशत बाहिर जाने गरेको छ’ वाली संरक्षण विकास अधिकृत वस्नेतले भने । जिल्ला कृषि विकास कार्यालयको तथ्याङक अनुसार जिल्लामा हाल १३ हजार ८ सय १९ .९४ माहुरीका गोला रहेका छन् ।

जसमा सेरेना २ हजार ९ सय ६० गोला र १० हजार ८ सय ६० गोला मेली फेरा रहेका छन् । बाली संरक्षण विकास अधिकृत वस्नेतका अुनसार जिल्लामा २०७२÷७३ मा १२ हजार ७ सय १० गोला माहुरी रहेका थिए । जसमा सेरेना २ हजार १ सय ७८ र मेली फेरा १० हजार ५ सय ३२ गोला रहेका थिए । जसवाट २ सय ६३ .३ मेटिक« टन मह उत्पादन भएको थियो । यसरी उत्पादन भएको मह जिल्लामा ५७.२ मेट्रिक टन खपत भएको थियो भने २ सय २८ .०६ मेट्रिक टन वाहिरी जिल्लामा निकासी भएको थियो ।

त्यसै गरेर आर्थिक वर्ष २०७३÷२०७४ मा जिल्लामा १३ हजार २९ वटा माहुरीका गोला पुगेका थिए । जसमा सेरेना २ हजार ३ सय ८२ र मेलिफेरा १० हजार ६ सय ४७ वटा गोला रहेका थिए । जसवाट १ सय ७८.७६ मेट्रिक टन मह उत्पादन भएको थियो । यसरी उत्पादन मह ३५.७५ मेट्रिक टन जिल्लामा खपत भएको थियो । भने १ सय ४३.०१ मेट्रिक टन जिल्ला बाहिर गएको थियो । आर्थिक वर्ष २०७४÷२०७५ को माघ महिना सम्म १३ हजार ८ सय १९.९४ गोला माहुरी रहेको बाली संरक्षण विकास अधिकृत वस्नेतले बताए ।

जसमा २ हजार ९सय ६० गोला सेरेना र १० हजार ८ सय ६० गोला मेली फेरा रहेका छन् । माघ सम्ममा १ सय ९७.४४ मेट्रिक टन उत्पादन भएको उनको भनाइ रहेको छ । यस वर्षको उत्पादन अझै वढने वस्नेताको भनाई रहेको छ । पछि पनि काटिने भएकाले उत्पादन वढने उनी बताउछन् । यसरी उत्पादन भएको मह ३९.४८८ मेट्रिम टन मात्र जिल्लामा खपत भएको छ । भने १ सय ५७.९५१२ मेट्रिक टन जिल्ला वाहिर गएको कृषि कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । जिल्लामा मह उत्पादन भए पनि मह खानेहरुको सङख्या भने कम रहेको र महको महत्व नवुझदा नखाने गरेको माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए ।

यसरी उत्पादन भएको मह जिल्लामा खपत नभए पछि कृषकहरुले विक्रीका लागि वाहिरी जिल्लामा पठाउने गरेका छन् । जिल्लावाट मह काठमाडौ र पोखरा, इटहरी, वुटवल, स्याजङजा, पाल्पा, नेपालगञ्ज का शहरहरुमा वढी जाने गरेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । जिल्लामा उत्पादन भएको मह न्युन मात्रामा देश वाहिरसम्म मह जाने गरेको छ । ‘ जिल्लामा खपत नभए पनि वजारको समस्या भने छैन’ अध्यक्ष श्रेष्ठले भने । अहिले मह प्रशोधन समेत जिल्लामा हुने गरेको छ । जसले गर्दा कृषकहरुलाई मह प्रशोधनका लागि जिल्ला वाहिर जानु पर्ने वाध्यता समेत नभएको अध्यक्ष श्रेष्ठ बताउछन् ।

अहिले जिल्लामा प्रसोधित मह प्रति केजि ४ सय रुपैया र प्रशोधन नगरीएको ३ सय रुपैयामा देखि ३ सय ५० सम्ममा विक्री भइ रहेको माहुरीपालन महासंघ दाङले जनाएको छ । जिल्ला माहुरी पालनको लागि उपयुक्त जिल्ला मानिन्छ । ‘ दाङ माहुरी पालनको लागि अन्य जिल्ला भन्दा उत्कृष्ट जिल्लाको रुपमा रहेको छ ’ अध्यक्ष श्रेष्ठले भने । तर जिल्लामा रहेको स्रोतको सदुपयोग हुन नसकेको उनको भनाई छ ।

जिल्लामा माहुरी चराउनका लागि वर्षनी साल वाहिरी जिल्लावाट समेत ल्याउने गर्दछन् । जिल्लामा चिउरी तथा तोरी खेती वाट वढी मह उत्पादन हुने गर्दछ । चिउरीवाट उत्पादन भएको मह विदेशमा समेत पुग्ने गरेको छ । तर पछिल्लो समयमा तोरी खेती हुने क्षेत्र मासिदै जानु, जङगलमा रहेका चिउरीका रुखहरु पनि घटदै जादा चरमा समस्या हुन थालेको माहुरी पालन महासंघले जनाएको छ । भने चर क्षेत्रलाई व्यस्थापन गर्ने पनि समस्या रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘कतै क्षमता भन्दा वढी गोला राख्ने गर्दछन भने कतै कम सङख्यामा राख्ने गर्दछन’ अध्यक्ष श्रेष्ठले भने ।

यसलाई व्यस्थित वनाउन माहुरी पालन महासंघ लागि परेको अध्यक्ष श्रेष्ठको भनाई छ । बहु उपयोगी महलाई यसमा धेरै गुणहरूको आधारमा अमृत पनि भन्ने गरीन्छ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महत्वपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महत्व पुर्ण मानिन्छ । शक्ति बर्धक रोग निरोधक सबैको लागि भनेको मह र अमला चूर्ण (धुलो) एक चम्चाको दरले दैनिक सेवन गर्नाले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने, निरोगी बन्नको लागि पनि ठूलो सहयोग मिल्ने यसका जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*