Home / Feature Breaking news / थपिए चार मन्त्री पोखरेल रक्षा, खतिवडा अर्थ, थापा गृह र यादव बने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

थपिए चार मन्त्री पोखरेल रक्षा, खतिवडा अर्थ, थापा गृह र यादव बने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

थपिए चार मन्त्रीले लिए सपथ
पोखरेल रक्षा, खतिवडा अर्थ, थापा गृह र यादव बने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

राप्ती सन्देश समाचारदाता

काठमाडौं,१४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेका छन्।

सोमबार अपरान्ह एमालेका २ र माओवादी केन्द्रका २ मन्त्रीले सपथ लिएका छन्।

एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका छन् भने युवराज खतिवडा अर्थमन्त्री बनेका छन्। माओवादीले रामबहादुर थापालाई गृहमन्त्री बनाएको छ भने अर्का नेता मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्।

नवनियुक्त चारै जना मन्त्रीलाई प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्।

आजको विस्तारसँगै अब ओली सरकार ७ सदस्यीय भएको छ।

संघीय समाजवादी फोरमसहित भोलि मन्त्री थपिने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*