Home / समाचार / कांग्रेसले संसदमा छाँया सरकार बनाउने

कांग्रेसले संसदमा छाँया सरकार बनाउने

 

काठमाडौ, १२ फागुन । प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको नेपाली कांग्रेसले संसदमा छाँया सरकार बनाउने भएको छ।

सरकारका कामकारबाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले संसदमा छाँया सरकार बनाउन लागेको हो। कांग्रेसले छाँया सरकार गठनको खाकासहित प्रस्तावबारे विधानमा नै समावेश गरि संसदीय दलमा छलफल गरिरहेको छ।

संसदीय दलको बैठकमा प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छाँया प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरुकै संख्यामा मन्त्री पनि बनाउने तयारी भईरहेको नेता गगन थापाले जानकारी दिए।

छाँया प्रधानमन्त्री र मन्त्रीहरुले आ(आफ्ना मन्त्रालय अन्तर्गत सरकारबाट भएका कामको कडा निगरानी गर्नेछन् । छाँया सरकार गठन प्रदेश स्तरमा पनि गरिने नेता थापाले जानकारी दिए।

अर्का नेता बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धनका लागि कांग्रेसले प्रतिनिधि र राष्ट्रिय दुवै सभामा शसक्त भूमिका निर्वाह गर्ने बताए।

नेपाली काग्रेस संघीय संसदका दुवै सदन र प्रदेशसभामा पनि प्रमुख प्रतिपक्षी दल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*