Home / Feature Breaking news / दाङ महाेत्सव दाेस्राे दिन हाउसफुल

दाङ महाेत्सव दाेस्राे दिन हाउसफुल

दाङ, ४ फागुन

उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास भन्न्ो मुल नाराका साथ सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को दोस्रो दिन महोत्सव अवलोकन गर्न आउनेहरुको वाक्लो उपस्थिती रहेको छ।
महोत्सव स्थलको मञ्चमा जनवादी गाएक जिवन शर्माले सिमली छाँयामा वसी भरीया लामो सास फेरेर, यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा वोलको गीत गाउदा े दर्शकहरुलाइ निकै भावुक समेत वनाएको थियो ।

यस्तै कलाकारहरु चन्द« शर्मा, रिता केसी , सालीकराम चौधरी राधीका हमाल देवेन्द« वस्नेत, पिताम्वर शर्मा देवि भण्डारी लगाएतका कलाकारहरुले आ आफनो प्रस्तुती राख्नु भएको थियो भने हास्यकलाकार राजा राजेन्द«ले पनी आफनो प्रस्तुती राख्नु भएको थियो ।

दाङ उद्योग वाणीज्य संघको आयोजनामा घोराही उपमहानगरपालीका १५ स्थित जिल्ला समन्वय समीतीको पश्चिमतर्फ कृर्षि सामाग्री संस्थानको प्राङगणमा हिजोदेखी सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को नारा उद्योग व्यापार, कृषि एवं पर्यटनकोे विकास परनिरभरमुखी अर्थतन्त्रको निकास रहेकोछ। महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रीया , यस क्षेत्रको पर्यटकीय स्थलहरुलाइ अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन , योग शिवीर तथा धार्मीक प्रवचन नेपालको सवैभन्दा होची महीला इश्वरीमाया छिनालसंग प्रत्यक्ष भेट, स्थानीयस्तरमा उत्पादीत वस्तुहरुको प्रदर्शनी, थारु मगर नेवार मुस्लीम , यादव जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने सास्कृतिक नृत्य तथा झाँकीहरु सास्कृतिक कार्यक्रम स्थानीय तथा चर्चीत राष्ट्रीय कलाकारहरुको प्रस्तुती, विषयगत विज्ञहरुवाट यर्पटन , कृर्षि पशुपालन प्रशोधन वजारीकरणका विषयमा जानकारी एवं प्रशीक्षण दिइने, खुल्ला वाल कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला गजल प्रतीयोगीता लगाएतका साहीत्यीक कार्यक्रमहरुको समेत आयोजना गरिएको महोत्सव मुलआयोजक समीत्ीका प्रचार प्रसार संयोजक माया कुमारी पोख्रेलले जानकारी दिनुभएको छ।

यसैगरी महोत्सवमा महीला उद्यमीहरुका लागी होजीयारी,झोला वुनाइ, अल्लोसम्वन्धी तालीम, गुडीया वनाउने तालीमहरु पनी निशुल्क रुपमा संचालन भैरहेको छ ।महोत्सवमा आज ३६ जना महीला उद्यमीहरुले अल्लो सम्वन्धी तालीम लिएको महीला उद्यमी तथा धार्मीक उपसमीत्ी संयोजक विन्दु दाहालले जानकारी दिनुभएको छ। यसैगरी महोत्सवमा राप्ती आखा अस्पतालको सहयोगमा निशुल्क आखा जाचँ उपचार सेवा , लाघु औषध दुव्र्यसनी सम्वन्धी सचेतनामुलक कार्यक्रमहरु समेत संचालन भैरहेको महोत्सव प्रचार प्रसार उपसमीतीका संयोजक माया कुमारी पोख्रेलले जानकारी दिनुभएको छ।

महोत्सवमा लघुउद्यमी, कृर्षि, फेन्सी ,खेलौना , अटोमोवाएल, होटल व्यवसायी , काचो कपडा, लगाएतका २१९ स्टलहरु राखीएको छ। महोत्वमा ५ लाख दर्शकलाइ अवलोकन गराउने र करिव २० करोड वरावरको आर्थीक कारोवार हुने महोत्सव मुल आयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ। । महोत्सवको अवलोकनका लागी विद्यार्थीहरुलाइ ३० रुपैया , अन्य व्यक्तीहरुका लागी ५० रुपैया को टिकट सुल्क निर्धारण गरिएको छ।

यसपटक महोत्सवमा ४०० रुपैयाको पेइङ टिकटको समेत व्यवस्था गरिएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ। उक्त रकमको टिकट लिने व्यक्तीलाइ विशेष प्रकारको पासको व्यवस्था गरिने र उक्त पासले महोत्सव अवधिभर महोत्सवको अवलोकन गर्न पाइने व्यवस्था समेत गरिएको छ। यसैगरी महोत्सवका अवसरमा हेलीकप्टर मार्फत विभीन्न स्थानको अवलाकोनका लागी सुल्क पनी निर्धारण गरिएको छ। जसअनुसार घोराही वजार को अवलोकनका लागी चार हजार ५ सय , दाङ उपत्यकाको अवलोकनका लागी ७ हजार ५ सय, स्र्वगद्धारी दर्शन १० हजार, ५ सय, रुकुमको स्यार्पुतालको अवलोकनका लागी २४ हजार , रारा ताल अवलोकन ५० हजार , हेलीकप्टर चार्टरका लागी १ लाख ९५ हजार रुपैया सुल्क निर्धारण गरिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ।

महोत्सवमा भोली कलाकारहरु प्रमोद खरेल, मोडेल शंकर वि सी, अन्जली अधिकारी , प्रचन्ड जी सी , टोपेन्द« विस्ट गायीका सिर्जु अधिकारी लगाएतका कलाकारहरुको प्रस्तुती रहने सास्कृतिक उपसमीती संयोजक मीनराज भाटले जानकारी दिनुभएको छ।

आजको सास्कृतीक कार्यक्रमको सहजीकरण पिताम्वर रिजाल र कमल गाउलले गर्नुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*