Home / Feature Breaking news / समृद्ध नेपालमा सबै केन्द्रित हौँः उपराष्ट्रपति

समृद्ध नेपालमा सबै केन्द्रित हौँः उपराष्ट्रपति

घोराही, ३ फागुन

उपराष्ट्रपति नन्दबहादुर पुनले अव सवैको ध्यान समृद्ध नेपाल वनाउने तर्फ केन्द्रीत हुनुपर्ने बताएकाछन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवलाई सम्वोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो वताएका हुन् ।

प्रत्येक नेपाली नागरीकको आर्थिक तथा सामाजीक रुपान्तरण सहितको समृद्धिले नै नयाँ नेपाल वन्ने भएकोले अवको यात्रा त्यस तर्फ केन्द्रीत गर्नुपर्ने पुनले बताए ।

IMG_8312

हाम्रो भौगोलीक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता,नेपाली जनताको स्वतन्त्रता अझै बलीयो बनाउदै समृद्ध राष्ट्र निर्माणमा सवै पक्षले हातेमालो जरुरी रहेको पुनले औल्याए ।

५ नं प्रदेशका अन्य जिल्लाको तुलनामा दाङ कृषिमा अगाडि रहेकोले माडि र अरङ खोलाको पानी ल्याएर कृषि उत्पादन बढाउनुपर्ने उनले बताए । जिल्ला, प्रदेश तथा केन्द्रीय सरकार पनि बन्दै गरेकाले अव दाङमा विकाशका योजनाहरु ल्याउन, तिनै तहका सरकार संग पुनले आग्रह गरेका छन् ।

IMG_8337

पुनले जन्मथलो पछिको कर्म थलोको रुपमा दाङलाई आफुले लिएको बताउदै जिल्लाको विकाशका लागि आफुलेपनि पहल गर्ने आश्वासन समेत दिएका छन् ।

जिल्लामा पर्यटकिय क्षेत्रहरु प्रसस्तै भएपनि तिनको प्रचार प्रसार र विकाश हुन नसकेकोले अव लुम्वीनिमा आउने पर्यटकलाई एक रात दाङमा वसाउनको लागि योजना वनाउनुपर्ने पुनले बताए ।

IMG_8410

उद्योग व्यापार, कृषि एवं पर्यटनको विकाश परनिर्भरमुखी अथएतन्त्रको निकाश भन्ने मुल नारा सहित सञ्चालन भएको महोत्सवको नेपाल सरकारका उपराष्ट्रपति नन्दबहादुर पुनले विहिवार उद्घाटन गरेकाहुन् ।

IMG_8468

महोत्सवको उद्घाटनपुर्व विभिन्न झाँकी सहित निस्केको ¥यालीले घोराही वजारको परीक्रमा गरेको थियो । विहिवारवाट सुरु भएको महोत्सव फागुन १३ गते सम्म चल्ने छ ।

महोत्सवमा कृषि तथा लघु उद्यमका ३१ वटा स्टल सहित २ सय १९ स्टलहरु रहेका छन् भने करीव ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

IMG_8482

महोत्सववाट भएको आम्दानी सामाजिक काममा खर्च गरीने महोत्सव मुल आयोजक समितिका संयोजक नारायण भुसालले जानकारी दिएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*