Home / समाचार / महोत्सवको भौतिक निर्माण अन्तिम चरणमा

महोत्सवको भौतिक निर्माण अन्तिम चरणमा

दाङ, २९ माघ
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४आउन अव तीन दिनमात्र वाकीरहदा महोत्सव स्थलको निमार्ण कार्य अन्तीम चरणमा पुगेको महोत्सव मुलआयोजक समीतीले जनाएको छ।

दाङ उद्योग वाणीज्यसंघको आयोजनामा यही फाल्गुन ३ गतेदेखी १३ गतेसम्म घोराहीको कृर्षि सामाग्री कम्पनीको प्राङगणमा आयोजना गरिने महोत्सवको मञ्च निमार्ण, स्टल निमार्ण सचिवालय निमार्ण कार्य अन्तीम चरणमा पुगेको महोत्सव मुलआयोजक समीतीका संयोजक  नारायण प्रसाद भुसाले जानकारी दिनुभएको छ।
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को नारा उद्योग व्यापार, कृषि एवं पर्यटनकोे विकास परनिरभरमुखी अर्थतन्त्रको निकास रहेकोछ ।

महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रीया , यस क्षेत्रको पर्यटकीय स्थलहरुलाइ अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन , योग शिवीर  तथा धार्मीक प्रवचन  नेपालको सवैभन्दा होची महीला इश्वरीमाया छिनालसंग प्रत्यक्ष भेट, स्थानीयस्तरमा उत्पादीत वस्तुहरुको प्रदर्शनी, थारु मगर, नेवार मुस्लीम , यादव जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने सास्कृतिक नृत्य तथा झाँकीहरु सास्कृतिक कार्यक्रम स्थानीय तथा चर्चीत राष्ट्रीय कलाकारहरुको प्रस्तुती, विषयगत विज्ञहरुवाट पर्यटन , कृर्षि, पशुपालन ,प्रशोधन, वजारीकरणका विषयमा जानकारी एवं प्रशीक्षण दिइने, खुल्ला वाल कविता प्रतीयोगीता ,    प्रदेशस्तरीय खुल्ला कविता प्रतीयोगीता ,  प्रदेशस्तरीय खुल्ला गजल प्रतीयोगीता लगाएतका साहीत्यीक कार्यक्रमहरुको समेत आयोजना गरिएकोछ ।

दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को लक्ष्य करिव ५ लाख दर्शकलाइ महोत्सव तथा प्रदर्शनीस्थलमा प्रत्यक्ष अवलोकन गराउने, एशीयाकै ठुलो उपत्यका दाङ उपत्यकाको प्रचार प्रसारका साथै यसको संरक्षण तथा सम्वद्र्धनमा सवैको ध्यानार्कषण गराउने, सफा सुन्दर एवं हरित दाङ निमार्णका लागि खराव आनीवानी परिवर्तन , सरसफाई अभियान एवं वातावरण संरक्षणका लागि प्रचार प्रसार एवं कोषको निमार्ण गर्ने, दाङ सहित ५ र ६ प्रदेशवाट उत्पादित वस्तुहरुको संकलन तथा विक्रीका लागि काशेलि घरको शुरुवात गर्ने,र करिव २० करोड को आर्थिक कारोवार गर्ने रहेको महोत्सव मुलआयोजक समीतीले जनाएको छ।

महोत्सवको फाल्गुन ३ गते विहान ११ वजे उपराष्ट्रपती नन्द वहादुर पुनले गर्नुहुने भएको छ। महोत्सवको उदघाटनको पहीलो दिन महोत्सव स्थलमा प्रवेश  निशुल्क गरिएको छ।   अन्य दिन महोत्सव स्थलमा प्रवेश गर्नका लागी ५० रुपैयाको टिकट निर्धारण गरिएको टिकटसरसफाइ खानेपानी तथा प्राथमीक उपचार उपसीतीका संयोजक पिताम्वर शर्माले जानकारी दिनुभएको छ ।

महोत्सवको टिकटमा विद्यार्थीहरुलाइ परिचयपत्रको आधारमा ३० रुपैया शुल्क कायम गरिएको छ। यसैविच साहीत्यीक उपसमीतीका संयोजक माया  पोख्रेलको अध्यक्षतामा वसेको वैठकले महोत्सवमा आयोजना गरिने साहीत्यीक कार्यक्रमका लागी रचना माग गर्ने समय थप गरिएको छ। रचनाको लागी फाल्गुन ४ गते सम्मको समय थप गरिएको  छ ।

यसैगरी उपसमीतीको कामलाइ चुस्त दुरुस्त वनाउनका लागी संयोजक माया पोख्रेल, सहसंयोजक पुरुषोतम खनाल, सदस्य सचिव शरद अधिकारी खगराज न्यौपाने र शारदा शर्मा रहेको सचिवालय गठन  गरिएको छ। त्यसअवसरमा सल्लहाकारहरु गीरीराज शर्मा, पदम प्रसाद शर्मा, र गणेश विसम लगाएतले सुझावसहीतको मनतव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*