Home / Feature Breaking news / धारापानी मेलाकालागि जिप्रका दाङको अनुरोध(हेर्नुस् के गर्ने के नगर्ने)

धारापानी मेलाकालागि जिप्रका दाङको अनुरोध(हेर्नुस् के गर्ने के नगर्ने)

दाङ, २७ माघ
जिल्ला प्रहरी कार्यालय दाङले महा–शिवरात्रीको अवसरमा विभिन्न स्थानमा लाग्ने मेलामा अप्रिय घटना हुनबाट बच्न सबैलाई अनुरोध गरेको छ । घोराही उपमाहानगरपालि ५ धर्नाको धारापानी स्थित पाण्डवेश्वर मन्दिर लगायत जिल्लाका विभिन्न स्थानमा लाग्ने मेलामा मादक पदार्थ सेवन तथा बेचविखन निषेध गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको अनुरोधः
१) मन्दिर क्षेत्रमा मादक पदार्थ सेवन तथा वेचबिखन निषेध गरिएको हुँदा सो कार्य नगरिदिनुहोला ।

२) आफ्नो माल सामान सुरक्षित राख्नुहोला ।

३) आफ्ना वालबालिकाहरुलाई नछाड्नुहोला ।

४) पूजा गर्दा सभ्य शिष्ठ तरिकाले लाईनमा बासिदिनुहोला ।

५) आफ्नो पालो आएमा मात्र मन्दिर भित्र प्रवेश गर्नुहोला ।

६) मन्दिर व्यवस्थापन समितिको नियम पालना गरिदिनुहोला ।

७) मन्दिर परिसरमा जथाभावि फोहोर नगरिदिनुहोला ।

८) हात हतियार, शंकास्पद झोला, बस्तु भेटिएमा उक्त वस्तु नचलाई तत्काल नजिकको प्रहरीलाई जानकारी दिनुहोला ।

९) मन्दिर क्षेत्रमा हो–हल्ला तथा झै–झगडा नगरिदिनुहोला ।

१०) अपरिचित व्यतिmले दिएको चिजवस्तु नलिुहोला र नखानुहोला ।

११) जंगल क्षेत्रमा प्रवेश तथा प्रज्वलनशिल पदार्थको प्रयोग नगरिदिनुहोला ।

१२) बहुमुल्य गरगहना लगाई भिडभाडमा नजानुहोला ।

१३) गाँजा तथा चरेशजस्ता अवैध लागुपदार्थ सेवन तथा वेचविखन नगरिदिनुहोला ।

१४) पूजापाठ सकिएपछि समयमै आफ्नो घर फर्कनुहोला ।

१५) सिमित गतिमा सवारी साधन चलाउनुहोला ।

१६) आफ्नो सवारी साधन पार्किङ स्थलमा मात्र पार्किङ गर्नुहोला ।

१७) बाटोमा अनावश्यक भिडभाड नगरिदिनुहोला ।

१८) साथै कानुन विपरित कार्य गरे वा गराएमा कानुन बमोजिम कारवाही भईजाने व्यहोरा सबैमा जानकारी गराउदछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*