Home / समाचार / ‘सहारा’को बस सेवा भारतको लुदियानासम्म

‘सहारा’को बस सेवा भारतको लुदियानासम्म

घोराही, २६ माघ ।
दाङलाई केन्द्रमा राखेर बस सेवा सञ्चालन गर्दै आएको सहारा यातायात प्रालिले भारतको चण्डीगढबाट बस सेवा दिन सुरु गरेको छ । दाङदेखि काठमाण्डौँसम्म बस सेवा सञ्चालन गर्दै आएको सहारा यातायात प्रालिले आजदेखि दाङदेखि भारतको चण्डीगढको लुदियानासम्म बस सेवा सुरु गरेको हो ।

दाङको तुलसीपुर हुदै लमहीबाट महेन्द्रनगनर हुदै भारतको चण्डीगढसम्म बस सेवा सञ्चालन गरेको सहारा यातायात प्रालिका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभएको छ । हप्तामा एक पटक बस सेवा सञ्चालन गरेको अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।

दाङको तुलसीपुरदेखि भारतको लुदियानासम्म दुई हजार छ सय रुपैया नेपाली रुपैया भाडा निर्धारण गरिएको प्रालिले जनाएको छ । प्रालिले आज पहिलो पटक ना ७ ख १११० नम्बरको बस सञ्चालन गरिएको हो । चण्डीगढमा रहेको डायमण्ड टुर एण्ड ट्राभल्सको सहकार्यमा बस सेवा सञ्चालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*