Home / Feature Breaking news / घोराही ५ मा जेष्ठ नागरिकलाई गाँउमै परिचय पत्र

घोराही ५ मा जेष्ठ नागरिकलाई गाँउमै परिचय पत्र

घोराही, २६ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर ५ ले करिब ३ सय जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरेको छ । साविक धर्ना गाबिसका वडा नम्बर १, २, ३, ४, ५ र ७ का ३ सय बढी जेष्ठ नागरिकहरुलाई पाएक पर्ने स्थानबाट परिचय पत्र बितरण गरिएको वडा अध्यक्ष विष्णुमणि दाहालले जानकारी दिनुभएको छ ।

साविकका वडा नम्बर १, २ र ३ बाट १ सय ५० र ४, ५ र ७ नम्बर वडाका १ सय ५० जनालाई परिचय पत्र प्रदान गरिएको र अन्य छुटेका जेष्ठ नागरिकहरुलाई पनि छिट्टै वितरण गरिने उहाँको भनाई छ । ६० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई उपमहानगरले परिचय पत्र बितरण गर्दै आएको छ ।

जेष्ठ नागरिकहरुको बिबरण संकलन गरि थप व्यक्तिहरुलाई पनि परिचय पत्र बितरण गर्ने योजना रहेको अध्यक्ष दाहालले बताउनुभयो । ६० बर्ष उमेर पुगेकाहरुलाई जेष्ठ नागरिक परिचय पत्र बितरण गर्दै आएको सरकारले दलित र एकललाई ६० बर्षमै र अन्यलाई ७० बर्ष पुगेपछि जेष्ठ नागरिक सुरक्षा भत्ता दिदै आएको छ ।

घोराही उपमहानगरपालिका ५ मा अहिले करिब ३ सय ५० जना जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिईरहेको र अब २ सय थपिने अनुमान गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभएको छ ।

यस अघि महिला तथा बालबालिका कार्यालयबाट मात्रै बितरण हुदै आएको जेष्ठ नागरिक परिचय पत्रहरु अब घोराही उपमहानगरको कार्यालय र वडाबाट प्रदान गरिएको छ । परिचय पत्रका आधारमा जेष्ठ नागरिकहरुले उपचार खर्च र यातायात खर्चमा छुटका साथै सार्वजनिक सेवा लिनका लागि लाईनमा बस्नु नपर्ने सरकारले व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*