Home / Feature Breaking news / सामुदायीक प्रहरी सेवा केन्द्र काठमाडौँको भ्रमण टोलीलाई दाङमा स्वागत

सामुदायीक प्रहरी सेवा केन्द्र काठमाडौँको भ्रमण टोलीलाई दाङमा स्वागत

दाङ, २५ माघ
अध्ययन अवलोकन भ्रमणमा आएको सामुदायीक प्रहरी सेवा केन्द्र नागार्जुन २ काठमाडौको टोलीलाई दाङमा स्वागत गरिएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र दाङले विहीवार विहान घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भ्रमण टोलीलाई स्वागत गरेको हो ।
सामुदायीक सेवा केन्द्रहरुको अध्ययन एवं अवलोकनकालागि दाङ आएको टोलीलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा अनुभव आदानप्रदान गरिएको थियो ।

IMG_8131

त्यस अवसरमा दाङ जिल्ला सामुदायीक केन्द्र र यसले गरेका कार्यहरुको बारेमा सल्लाहकार भुपेन्द्र सुवेदीले जानकारी गराउनुभएको थियो भने अध्ययन टोलीको तर्फबाट सामुदायीक प्रहरी सेवा केन्द्र नागार्जुन २ काठमाडौका महासचिव प्रेम लो लामाले जानकारी गराउनुभएको थियो । साथै त्यस अवसरमा आगमी दिनमा कार्यक्रम गर्दा सहकार्य र समन्वयकासाथ अगाडी बढ्ने विषयमा पनि छलफल भएको थियो ।

सामुदायीक प्रहरी सेवा केन्द्र दाङका उपाध्यक्ष कृष्णा रानाको अध्यक्षता एवं सामुदायीक प्रहरी सेवा केन्द्र नागार्जुन २ काठमाडौका अध्यक्ष प्रताप दानीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामुदायीक सेवा केन्द्र दाङका सहसचिव कुलबहादुर घर्तिले स्वागत गर्नुभएको थियो भने सचिव आर.के.शीतलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । भ्रमणमा कार्यसमिति, सल्लाहकार, प्रहरी कर्मचारी गरि २४ जनाको टोली रहेको छ । अध्ययन तथा अवलोकन भ्रमण टोलीले मध्य तथा सुदुरपश्चीमको भ्रमण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*